ओभल इन्भिन्सिबल्स र साउदर्न ब्रेभलाई उपाधि



लन्डन, (एजेन्सी) ।

क्रिकेट इतिहासमा सबैभन्दा सानो फरम्याटको प्रतियोगिता द हन्डे«डको पहिलो सिजनमा ओभल इन्भिन्सिबल्स र साउदर्न ब्रेभले उपाधि जितेका छन् ।

शनिबार लर्डस मैदानमा भएको पुरुष फाइनल खेलमा साउदर्न ब्रेभले बर्मिङगम फिनिक्सलाई ३२ रनले हरायो । महिलातर्फ फाइनल खेलमा भने साउदर्न ब्रेभ पराजित भयो । ओभल इन्भिन्सिबल्सले साउदर्न ब्रेभलाई ४८ रनले पराजित गरेको हो । यो फरम्याट टी–२० भन्दा पनि सानो हो । यो प्रतियोगिता सय बलको हो ।

महिलातर्फ ओभल इन्भिन्सिबल्सले पहिले ब्याटिङ गर्दै सय बलमा ६ विकेटको क्षतिमा १ सय २१ रन जोडेको थियो । जवाफमा साउदर्न ब्रेभको पूरै टोली ७३ रनमा अलआउट भएको थियो । ओभल इन्भिन्सिबल्सको लागि कप्तान भान नाइकरेकले २९ बलमा २६ रन जोडिन् । तर, मारिजान कापले भने त्यति नै बलको सामना गर्दै २६ रन बनाएकी थिइन् । त्यस्तै फ्रान विल्सनले २९ बलमा २५ रनको इनिङ खेलिन् । कसैले पनि ठूलो इनिङ खेल्न नसकेपछि सानो सानो इनिङले ओभल इन्भिन्सिबल्सले १ सय २१ रन बनाएको थियो । साउदर्न ब्रेभको तर्फबाट कप्तान अन्या स्रुबसोल र लारेन बेलले २÷२ विकेट लिएका थिए ।

ओभर इन्भिन्सिबल्सका लागि मारिजान कापले घातक बलिङ गरेकी थिइन् । उनले १८ बलमा मात्र ९ रन दिएर चार विकेट लिएकी थिइन् । उनले शुरूवाती १० बलमै साउदर्न ब्रेभका शीर्ष तीन ब्याट्सवोमेनलाई पभेलियन फर्काएर ब्याटिङ ध्वस्त पारेकी थिइन् । साउदर्न ब्रेभका लागि फी मोरिसले सबैभन्दा बढी २३ रनको योगदान दिइन् । उनकै कारण टोली लज्जाजनक पराजयबाट बचेको थियो । एक समयमा २९ रनमा सात विकेट गुमेर दयनीय अवस्था भइसकेको थियो ।

पुरुष फाइनलमा ओभलका लागि आयरल्यान्डका पउल स्टर्लिङले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ३६ बलमा ६ छक्का र २ चौका प्रहार गरेका थिए । यस्तै रोस ह्वाइटलीले १९ बलमा ४४ रन जोडे भने एलेक्स डेभिसले २० बलमा २७ रन जोडेका थिए ।

बर्मिङ्घम फिनिक्सका कप्तान अल राउन्डर मोइन अलीले टस जितेर बलिङ रोजेका थिए । तर, स्टर्लिङ र ह्वाइटलीले सानदार ब्याटिङ गरेर अलीको रोजाइ गलत रहेको साबित गरिदिए । उनीहरूले साउदर्न बे्रभलाई १ सय ६८ रनको सम्मानजनक स्कोरमा पु¥याएका थिए । यसको जवाफमा बर्मिङ्घम १ सय ३६ रनमा सीमित भएको थियो ।

बर्मिङगमको लागि अलीले ३६ रन जोडेका थिए । अली आउट भएपछि लियाम लिभिङस्टोनले विस्फोटक ब्याटिङ गर्दै ४६ रन बनाएका थिए । लिभिङस्टोन क्रिजमा रहुन्जेल बर्मिङ्घम जिततिर अग्रसर भएको थियो । तर, उनी दुर्भाग्यवश रनआउट भएपछि साउदर्न खेलमा फर्कंदै उपाधि सुरक्षित गरेको थियो । टिम डेभिडले करिब ६० मिटरको दूरीबाट गरेको प्रहारमा उनी रनआउट हुन पुगेका थिए । उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्