फाबिन्होद्वारा सम्झौता नवीकरण



लन्डन, (एजेन्सी) ।

इंग्लिस क्लब लिभरपुलका डिफेन्सिभ मिडफिल्डर फाबिन्होले क्लबसँग सम्झौता नवीकरण गरेका छन् ।

डिफेन्सिभ मिडफिल्डर फाबिन्होले मंगलबार क्लबसँग सम्झौता नवीकरण गरेको क्लबले जनाएको हो । २७ वर्षीय ब्राजिलियन डिफेन्सिभ मिडफिल्डर लिभरपुलसँग थप पाँच वर्षका लागि सम्झौता नवीकरण गरेका हुन् । सम्झौता नवीकरणसँगै फाबिन्हो सन् २०२६ सिजनसम्म लिभरपुलमा रहने भएका छन् ।

सन् २०१८ मा फ्रेन्च क्लब मोनाकोबाट लिभरपुलमाआबद्ध भएका फाबिन्होले लिभरपुलका लागि १ सय २२ म्याच खेलिसकेका छन् । लिभरपुलका लागि फाबिन्होले प्रिमियर लिग, च्याम्पियन्स लिग र सुपर कप जितिसकेका छन् । त्यस्तै, ब्राजिलियन टिमको समेत सदस्य रहेका फाबिन्होले ब्राजिलका लागि उनले १७ म्याच खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्