एउटा विशेष खबर तपाईंका लागि



प्रेम रावत

यो एकता अनि एक–आपसलाई सहयोग गर्ने समय हो । सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने, हामी मानिसहरूलाई कसरी सहयोग गर्न सक्छौँ ! यसका लागि हामीले अहिलेको महामारीलाई पैmलन नदिने तरिका अपनाउनुपर्छ– मास्क लगाउने, हात धुने अनि आइसोलेसनमा रहने ।

यो निकै नै महत्त्वपूर्ण कुरा हो तर यो सबै अवस्थाका बीचमा एउटा अर्को कुरा पनि भइरहेको छ । यी सबै अवस्थाका बीचमा तपाईँ हुनुहुन्छ अनि तपाईँभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ । यो समयमा यसको सबैभन्दा धेरै महत्त्व छ । चाहे बाहिरबाट जस्तोसुकै समाचार आएको भए पनि भित्रको समाचारचाहिँ के हो भने, अहिले पनि तपाईँभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ । जसले यो संसारको रचना गरेका छन् ती त अहिले पनि तपाईँभित्र छन् । त्यो शक्ति अहिले पनि तपाईँभित्रै छ । यो पनि एउटा खबर हो । तपाईँ अहिले जीवित हुनुहुन्छ । यो सबैभन्दा ठूलो समाचार हो, त्यसैले यस कुरालाई नबिर्सनुहोस् । चाहे जतिसुकै धेरै अत्याउने खालका समस्या आए पनि यो एउटा समाचारमा मानिसले आत्तिनुपर्दैन । जबसम्म तपाईँ जीवित हुनुहुन्छ तबसम्म तपाईँभित्र हिम्मत छ । तपाईँ केही गर्न सक्नुहुन्छ । तपाईँलाई आवश्यक पर्ने कार्य गर्नुहोस् ।

यो शान्त हुनुपर्ने समय हो ।यदि तपाईँ रेल्वे स्टेसनमा जानुहोस् या विमानस्थलमा जानुहोस्– आफ्नी श्रीमतीलाई लिन जानुहोस् या त आफ्नो श्रीमान्लाई लिनका लागि जानुहोस् अथवा आफ्नो भाइलाई लिन जानुहोस् । त्यहाँ कति मानिसहरू ओहोरदोहोर गरिरहेका हुन्छन् तर उनीहरूसँग तपाईँको कुनै सरोकार हुन्छ र ! कुनै सरोकार हुँदैन । तथापि, त्यो भीडमा तपाईँ जसलाई लिन भनेर आउनुभएको छ नि उसलाई पहिचान गर्नु अत्यावश्यक हुन्छ । हाम्रो आजको अवस्था त कस्तो भयो भने, यो संसारमा हामीले आफूले आफूलाई चिन्दैनौँ तर बाँकी सबै चीजलाई चिन्दछौँ । अन्य सबै कुरा जान्नका निमित्त हामीले आपूmले आपैलाई नै बिर्सनका लागि बाध्य तुल्याएका छौँ । यसको परिणाम कस्तो हुन्छ ? मानिस व्याकुल हुन्छन् । आफूसँग त रहनै सक्दैनन्, किनभने ‘म को हुुँ’ भनेर बुझ्दै बुझ्दैनन् । यो मेरो हो भन्ने कुरा त थाहा छ । यो मेरो हो, यो मेरो हो भन्नका लागि एकदमै तयार हुन्छन् तर ‘म को हुँ’ भन्ने कुरा कसैलाई थाहा छैन । यदि ‘म को हुँ’ भन्ने कुरै थाहा छैन भने ‘यो मेरो हो’ भनेर तपाईँलाई कसरी थाहा भयो ? जसले आफूलाई चिन्दै चिन्दैन, आफूलाई बुझ्दै बुझ्दैन भने ऊ आफूसँग कसरी रहन सक्छ ! के हुनुपर्छ भने मानिसलाई आफूसँग रहने कुरामा उसलाई कुनै सङ्कोच हुनुहुँदैन ।

मानिसहरू आफूसँग दिक्क हुन्छन् । अरूसँग होइन, आफूसँग दिक्क हुन्छन्, किनकि आफूलाई बुझ्दैनन् । आफूलाई चिन्दैनन् । जस्तो बच्चाहरू मेलामा जाँदाखेरि कहिले बेलुनलाई हेर्छन्, कहिले यो हेर्छन्, कहिले त्यो हेर्छन् । यी सबै चीजहरू त्यहाँ राखिएका हुन्छन् । तथापि, उसले समातेको एउटा औँलालाई समातिरहनुपर्ने आवश्यकताका बारेमा उसले बिर्सन्छ । बिस्तारै–बिस्तारै गरेर उसको ध्यान भड्कँदा भड्कँदै कहिले बेलुनतिर जान्छ, कहिले खेलौनातिर जान्छ त कहिले खाने परिकारतिर जान थाल्छ । कहिले यता जान्छ, कहिले उता जान्छ अनि यस्तो हुँदाहुँदै उसले त्यो औँलोलाई छोडिदिन्छ । जब उसले समातेको औँलोलाई छोडिदिन्छ तब पनि उसको ध्यानलाई भट्काउने सबै चीजहरू त्यहीँ नै हुन्छन् । तथापि, अब भने त्यो बालकलाई ती चीजप्रति कुनै चासो हुँदैन । के भयो भनेर उसलाई केही पनि बोध हुँदैन । परिणामतः ऊ हराउन पुग्छ । जब उसलाई आफू हराएको महसुस हुन्छ तब उसले आफ्नी आमा या त बुवालाई हेर्ने कोशिश गर्दछ तर त्यहाँ कसैलाई पनि भेट्न सक्दैन ।

त्यसपछि उसको अवस्था कस्तो हुन्छ ? तपाईँ किन मनको पछि दगुर्नुभएको छ ! तपाईँ किन यो दुनियाँका पछाडि दौडिरहनुभएको छ ! यो दुनियाँ त स्वार्थको संसार हो अनि जुन दिन तपाईँले यसका पछि लागेर दौडन छोड्नुहुनेछ तब यसले तपाईँलाई छोड्नेछ । यो दुनियाँका पछि दौडने कुरा त कुकुरले कारका पछि–पछि दगुरेजस्तो मात्रै हो । शायद तपाईँले देख्नुभएको पनि होला– कुकुर कारको पछि दगुरिरहेको । जसरी कुकुर कारका पछि दगुरिरहेको हुन्छ त्यसरी नै मानिस यो मायाका पछि लागिपरिरहेको छ । उसले ठीक त्यस्तै गरिरहेको छ । कुकुरले के बुझ्दो हो– के उसले कारलाई भेट्न सक्छ ? यदि भेटिहाल्यो भने पनि उसले कारलाई के गर्छ र ! केही पनि गर्दैन, किनभने उसले त्यसलाई खान त सक्दैन ।यो जीवनमा तपाईँ हुनुहुन्छ । एउटा समाचार के छ भने, तपाईँ अहिले जीवितै हुनुहुन्छ । यो समाचारलाई पनि सुन्नुहोस् । यसलाई पनि सुन्नुहोस् अनि यसको महत्त्व के छ भनेर यसलाई बोध गर्नुहोस् । यो अत्यन्तै ताजा खबर हो । यो अहिलेको खबर हो, हिजोको होइन, भोलिको होइन । यो अहिलेको खबर हो, किनभने तपाईँभित्र यो श्वास आइरहेको छ र गइरहेको छ अनि तपाईँ जीवित हुनुहुन्छ । यसलाई नबिर्सनुहोस् । पछि धेरै कुरा हुनेछ ।

तथापि, जे–जस्तो हुने भए पनि यो समयमा के भइरहेको छ भनेर ध्यान दिनु आवश्यक छ । यो एकदमै अत्यावश्यक कुरा हो ।अहिलेको अवस्थामा मानिसहरू निकै निराश र दुःखी भएका छन् । मानिसहरूको जागिर गुमेको अवस्था छ । चाहे स–साना व्यवसाय होऊन् या त ठूला व्यवसाय, आखिर सबैतिर प्रभाव परेकै छ । यो समयमा मानिसले स्वयंलाई कसरी उत्प्रेरित गर्ने, यो निराशाबाट कसरी बाहिर निस्कने ! मानिसले के गर्नुपर्छ ?एकातिर मानिसले सबैतिरका वितृष्णालाई नियाल्न सक्छन् । अर्कातिर के हेर्न सकिन्छ भने, यो खराब परिस्थितिमा रहेर पनि आफ्ना लागि केचाहिँ राम्रो गर्न सकिन्छ ! यस दृष्टिकोणले हेर्नु पनि अत्यावश्यक देखिन्छ । किनभने, कतिपय अवस्थामा हाम्रो ध्यान राम्रो कुरातिर जाँदैन । खराब कुरातर्पm हाम्रो ध्यान मोडिन्छ अनि त्यसैलाई नै हामी ठूलो समस्याका रूपमा हेर्न थाल्छौँ ।आमाबुवा बिहानआफू उठेपछि आफ्ना बालबच्चालाई पनि यसो हेर्नुहुन्छ । यदि उनीहरू केही ढिलो उठे भने तिनलाई गालीगलौज गर्न थाल्नुहुन्छ । आफ्ना बालबच्चाप्रति कति माया छ भन्ने कुरालाई भुल्नुहुन्छ ।

कथंकदाचित उनीहरू हराए भने उनीहरूलाई कति दुःख लाग्छ भन्ने कुरालाई आमाबुवाले बिर्सनुहुन्छ । उनीहरूलाई भन्न थाल्नुहुन्छ, ‘तिमी ढिलो हुनेछौ । यसो गर, त्यसो गर । तिमी काम नलाग्ने भयौ, अबदेखि तिमी अबेरसम्म सुत्ने होइन ।’ यी सबै कुराहरू हुन थाल्छन् । तथापि, यदि यस्तो व्यवहार भइरहे, भई नै रहे भने यी सबै कुरामा बानी पर्न थाल्छ । यो कोरोना रोगको समयमा पनि हामी खराब कुरातिरै ध्यान दिइरहेका छौँ । राम्रो कुरातिर ध्यान दिइरहेका छैनौँ । साँचो कुरा के हो भने, तपाईँ जीवित हुनुहुन्छ । तपाईँभित्र श्वास आइरहेको छ अनि गइरहेको छ । यसकारण तपाईँ केही गर्न सक्नुहुन्छ । तपाईँमा हिम्मत छ । तपाईँभित्र त हिम्मतको समुद्र नै छ । त्यसलाई अघि सार्नुहोस् । यो अत्यावश्यक कुरा हो । सबैभन्दा ठूलो कुरा के हो भने, तपाईँ जोसुकै हुनुहोस्, तपाईँ जहाँसुकै हुनुहोस्– हिम्मतका साथ आपूmभित्रको शक्तिका बलले सामना गर्नुहोस् । हरेक मानिसभित्र, आफूभित्र एउटा शक्ति छ । एउटा साहस छ । अनि, त्यो साहसलाई बाहिर ल्याउनुपर्छ ।यदि बालबालिकाको कुरा गर्ने हो भने पनि करिब आठ–नौ महिनादेखि उनीहरू घरमा कैदीजस्तै भएर बसे । अनलाइन कक्षा सञ्चालन भइरहेका छन् । पहिला तिनै बालबालिकाले मोबाइल चलाउन पाउँदैन थिए तर अहिले तिनैले मोबाइल चलाउन पाइरहेका छन् ।

मोबाइलमा पनि केही समय त बितिहाल्छ । तर, बालबालिकामा अहिले उदासीनता निकै बढेको छ । चारवटा पर्खालभित्र बन्दी भएका छन् । कतै आवतजावत छैन । तथापि, बालबालिकाले आफूले आपूmलाई उत्प्रेरित तुल्याउन सक्छन् । यो बालबालिकामा हुने एउटा शक्ति हो । आमाबुवाको दायित्व के हो भने, त्यो शक्ति तल नदबोस् । उनीहरूलाई उदासीनताले नसताओस् । बालबच्चाले आमाबुवालाई दुःखी भइरहेको देखेपछि उनीहरू पनि दुःखी हुन थाल्छन् । यो समयमा घरभित्रको वातावरणलाई आनन्दमय बनाउनका लागि हामी के गर्न सक्छौँ ? हामी घरमा बसेर पनि केही नयाँ कामको थालनी गर्न सक्छौँ । केही राम्रो गर्न सक्छौँ अनि बालबच्चालाई पनि त्यसमा सहभागी तुल्याऊँ ।बालबालिका जब कतै जान सक्दैनन् तब पनि उनीहरूले आफ्नो मनलाई भुलाउन जान्दछन् । खेल्छन् । यदि उनीहरूले केही खेल्ने कुरा पाएनन् भने पनि तिनले आफ्नै हात आफ्नो मुखमा हाल्छन् अनि आफ्नै हातसँग खेल्न थाल्छन् । आफूसँग खेल्न थाल्छन् ।

हामीभित्र एउटा शक्ति छ । हामीले खराबीलाई ध्यान दिनुपर्ने आवश्यकता छैन । त्यसबाट बच्नुचाहिँ आवश्यक हुन्छ । त्यसलाई परीक्षण गर्नु आवश्यक छ भन्ने पनि होइन । त्यसबाट जोगिने कुरातर्पm लाग्नुहोस् अनि अघि बढ्नुहोस् । अघि बढिरहनुहोस्, किनभने तपाईँको लक्ष्य– रोकिनु होइन, अघि बढ्नु हो । यो सबैभन्दा ठूलो कुरा हो । आफ्नो जीवनमा त्यो साँचो अनि वास्तविक शक्तिलाई चिन्नुहोस्, पहिचान गर्नुहोस् अनि यस जीवनको आनन्द लिनुहोस् ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्