डिफेन्डिङ च्याम्पियन ब्राजिल फाइनलमा



लन्डन, (एजेन्सी)

डिफेन्डिङ च्याम्पियन ब्राजिल घरेलु भूमिमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार बिहानभएको सेमिफाइनल खेलमा यसअघिको उपविजेता पेरूमाथि १–० गोल अन्तरको साँघुरो जित निकाल्दै ब्राजिल उपाधिनजिकपुगेको हो । ब्राजिलले यसअघिको संस्करणको फाइनलमा पनि पेरूलाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । लगातार दोस्रोपटक आफ्नो देशमा जारी कोपा जित्ने अभियानमा रहेको ब्राजिलले यसपटक भने पेरूलाई साँघुरो अन्तरमा हराउन ठूलै संघर्ष गर्नु परेको थियो । ब्राजिललगातार दोस्रो वर्ष फाइनल पुग्न सफल भएको हो ।

ब्राजिलको राष्ट्रिय रंगशाला ओलम्पिको स्टेडियममा भएको खेलमा ब्राजिलले खेलको ३५औं मिनेटमा गरेको एक मात्रै गोलको मद्दतमा खेल जित्यो । सो गोल नेयमारको असिस्टमा युवा खेलाडी लुकास पाक्वेटाले गरेका थिए । नेयमारले बल अगाडि बढाएर पोस्ट नजिक पुर्‍याएको स्थितिमा उनले ब्याकपास दिएकाथिए, जसमा अनमार्क रहेका पाक्वेटाले वान टचमै बललाई जाली चुमाएका थिए ।

त्यसपछि, खेल भरिमा दुवैतर्फबाट थपगोल नभएपछि खेल ब्राजिलले १–० ले जित्यो । खेलभरिमा ब्राजिलले पेरूविरुद्ध ५६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै १५ पटक सट हान्दाआठ सट अनटार्गेट भएको थियो । यता, पेरूले भने मात्रै सातपटक सट हान्दादुई सट मात्र अनटार्गेट भएको थियो । पेरूले गोल बेहोरेपछि दुईपटक खेलमा फर्किने अवसर बनाए पनि सकेन । यससँगै ब्राजिल फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ भने पेरूको उपाधि यात्रा समाप्त भएको छ ।

अब, ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेता टोलीसँग भिड्नेछ । अर्जेन्टिना क्वार्टरफाइलनमा फिफा वरीयताको ५३औं स्थानको कमजोर टिम इक्वेडरलाई ३–० ले हराएर अघि बढेको हो भने कोलम्बियाले अर्को उपाधि दाबेदार उरुग्वेलाई पेनाल्टी सुटआउटमा हराएर अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्