शैलुङ घुम्न पुगेका सिंगापुरका ६५ बर्षिय जेरेमियाको मृत्यु

0
Shares

दोलखा ।

दोलखाको शैलुङ क्षेत्र घुम्न पुगेका सिंगापुरका ६५ बर्षिय नागरिक प्यान्ली हन्ट जेरेमियाको मृत्यु भएको छ । गत कार्तिक १३ गते शैलुङ भ्रमणमा पुगेका उनी सोहि राति सुतेकै ठाँउमा बेहोस भएको र उपचारको लागि धुलिखेल लादैगर्दा कार्तिक १४ गते शनिवार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष खड्काले बताए । मृतक प्यान्ली हन्ट जेरेमिया श्रीमती र साथी भोलानाथ न्यौपानेसंग शैलुङ क्षेत्र घुम्न पुगेका थिए । कार्तिक १३ गते उनीहरु ढुङ्गेको एक होटलमा बसेका थिए ।

जेरेमिया सुतेकै ठाँउमा बेहोस भएपछि तत्कालै स्थानीय देउराली मेडिकल लगिएको र बेहोसी अवस्थामै धुलिखेल लाने क्रममा कार्तिक १४ गते उनको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए । मृतक जेरेमियाको शव पोष्टमार्टमको लागि काठमाडौँको टिचिङ अस्पताल राखिएको छ । पोष्टमार्ट सकिएपछि उनको शव श्रीमतीलाई बुझाईने प्रहरीले जनाएको छ ।

सिंगापुरबाट मृतकको आफन्तहरु आउन लागेको र उनीहरु आएपछि जेरेमियाको शव सिंगापुरनै लगिने मृतकको साथी भोलानाथ न्यौपानेले जानकारी दिएका छन् । गत असोज ३० गते नेपाल आएका जेरेमिया र उनको श्रीमती इलाम, फिक्कल, नवलपुर लगायतका ठाँउहरुमा घुम्दै कार्तिक १३ गते शैलुङ पुगेका थिए ।