पछिल्लो २४ घण्टामा थप २३२८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ५८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएइको छ ।

आज थप ३०६६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्