एमाले महाधिवेशन आयोजक कमिटी खारेज, माधव नेपालसहितका नेतामाथिको कारबाही फिर्ता



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएको छ । यससँगै कमिटी अब केन्द्रीय कमिटीमा रूपान्‍तरण भएको छ । बुधबार बालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले बताएका छन् । पार्टी एकता र सर्वोच्च अदालतको केन्द्रीय कमिटी ब्युँताउने फैसलालाई ध्यानममा राख्दै आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरिएको प्रवक्ता ज्ञवालीले बताए

यस्तै बैठकले माओवादी छाडेर एमाले प्रवेश गरेका नेताहरू समेत स्थायी कमिटीमा रहने छन् । यस्तै यसअघि वैशाख १२ गते बसेको कमिटीको बैठकले र जेठ २३ गते बसेको स्थायी कमिटीको बैठकले पार्टीका नेता कार्यकर्तालाई गरेको कारबाही पनि अब केन्द्रीय कमिटी ब्युँतिएसँगै फुकुवा भएको प्रवक्ता ज्ञवालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्