बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीकाे बैठक आज बस्दै



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । आजका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताए। आज बिहान ११ बजेका लागि उक्त बैठक बोलाइएको छ।

पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक राखेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्