सवारी दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा.भण्डारीको मृत्यु



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको चरङ्गेमा भएको सवारी दुर्घटनामा १ जनको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । रातीअन्दाजी ९ बजे भएको दुर्घटनामा गुल्मी जिल्ला छत्रकोट १ हुँगाका डा.शंकर प्रसाद भण्डारीको मृत्यु भएको छ भने सोही स्थान घरभई बुटवल बस्दै आएकाथानेश्वर भण्डारी घाईते भएका छन् ।

पूर्व पश्चिम राजमार्गको चरङ्गे चोकबाट २ किलोमिटर उत्तर शंकर भण्डारी आफैले चलाएको बा १७ च ६०६६ नम्बरको कार चरङ्गेको मुढाबासमा कल्भर्टबाट तल खस्दा चालक डा.भण्डारीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनु भयो । मृतक भण्डारी कांग्रेस केन्द्रीय सदस्यचन्द्र भण्डारीका भाई हुन् । काठमाडौ बस्दै आएका उनी बुवाको वर्षदिनको कर्मकालागि अघिल्लो हप्ता मात्र बुटवल आएकाथिए । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. भण्डारी त्रिवि खेलकुद निर्देशनालयका निर्देशक थिए ।

प्रतिक्रिया दिनुहोस्