पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा ६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य था जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ । त्यस्तै ३८५३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्