नेपाली व्यवसायी संघ कतारद्वारा स्वास्थ्य सामग्री सहयोग


एजेन्सी ।

नेपाली व्यवसायी संघ, कतारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित नेपाली समुदायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

स्वास्थ्य सामग्रीहरुमा एक करोड २० लाख रुपैयाँ बराबरको १४ थान भेन्टिलेटर, ४२ थान अक्सिजन कन्सन्ट्रेटर, दुई हजार एक सय थान पल्स अक्सिमिटर र ५० थान नेजल क्यानुला रहेको नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले जानकारी दिए ।

अध्यक्ष चौलागाईका अनुसार एक करोड २० लाख रुपैयाँ बराबरको भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र नेजल क्यानुला व्यवसायी संघ कतारका प्रतिनीधिले स्वास्थ्य मन्त्रालयका प्रमुख डाक्टर रोशन पोख्रेललाई हस्तान्तरण गरिएको बताए ।नेपाली दूतावासको समन्वयमा कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजको संरक्षकत्वमा नेपाली व्यवसायी संघ कतारका पदाधिकारीसहितको सहयोग समिति बनाइ उक्त रकम संकलन गरेको थियो ।

Skip This