बेल्जियम भर्सेस पोर्चुगल



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली समय अनुसार आज राति १२ः४५ बजे युरो कप फुटबलअन्तर्गत पोर्चुगल र बेल्जियम भिड्दै छन् । अन्तिम १६ को उक्त खेल जित्ने टिम क्वार्टर फाइनलमा पुग्नेछ । यसका लागि दुवै टिमले कडा प्रतिस्पर्धा गर्नेछन् । समूह चरणका खेल हेर्ने हो भने बेल्जियमले शत प्रतिशत नतिजा निकालेको थियो ।

बेल्जियमले पहिलो खेलमा रसियालाई ३–० ले हरायो भने दोस्रो खेलमा डेनमार्कलाई २–१ ले पराजित गर्न सफलभयो । जबकी डेनमार्कले ९० सेकेन्डमै गोल गरेर बेल्जियमलाई १–० ले पछि पारेको थियो । तेस्रो खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० ले हराएपछि समूहचरणमा तीनवटै खेल जित्दै नौअंक जोड्न सफलभयो ।उतापोर्चुगलले भने डेड ग्रुपको संज्ञा पाएको समूहएफमा एक जित, एक हार र एक बराबरी नतिजा बेहोरेको थियो । पहिलो खेलमापोर्चुगलले हंगेरीमाथिशानदार ३–० को जितनिकाल्यो । तर, दोस्रो खेलमाभने जर्मनीले पोर्चुगललाई ४–२ ले हरायो । तेस्रो खेलमाभने पोर्चुगल र फ्रान्सले २–२ बराबरी खेलेका थिए । बेल्जियम समूहको शीर्ष टिमको रूपमाअन्तिम १६ मा पुगको हो भने पोर्चुगल उत्कृष्ट तेस्रो टिमकोरूपमा नकआउट चरणमा पुगेको हो । तुलनात्मकरूपमाहेर्ने हो भने बेल्जियमको तौल भारी छ । गोलकै कुरा गर्ने हो भने पनि बेल्जियमले एक गोल मात्रै बेहोरेको छ भने पोर्चुगलले ६ गोल बेहोरेको छ ।

हेड टु हेड

बेल्जियम र पोर्चुगलले १८ पटक एक आपसमा भिडेका छन् । यो उनीहरूको १९ औं खेल हो । यसमापोर्चुगलले ६ खेलमा जित हासिल गर्दा बेल्जियमले पाँचपटक जित हासिल गरेको छ । सात ओटा खेलहरूभने बराबरीमा सकिएका हुन् । बेल्जियमले पोर्चुगललाई १९८९ देखि हराउन सकेको छैन । तर, बेल्जियमले तीनवर्ष अघिको विश्वकपमा शानदार प्रदर्शन गरेको थियो । टिम सेमिफाइनल सम्म पुगेको थियो । पोर्चुगलको भने विश्वकपमा राम्रो प्रदर्शन भइरहेको छैन ।

लुकाकु भर्सेस रोनाल्डो

बेल्जियम र पोर्चुगलबीचको खेलमा सबैको नजर रोमेलु लुकाकु र क्रिस्टियानो रोनाल्डोमा हुनेछ । लुकाकु र रोनाल्डो इटाली सिरी ए मा पनि प्रति द्वन्द्वी खेलाडी हुन् । रोनाल्डो युभेन्टसबाट खेल्छन् भने लुकाकु इन्टरमिलानबाट खेल्छन् । गत सिरी ए मा लुकाकुको शानदार प्रदर्शनका कारण इन्टरमिलानले उपा धिजितेको थियो । अब लुकाकु र रोनाल्डोबीच युरोमा पनि प्रतिद्वन्द्वीका रूपमा एक आपसमा भिड्ने अवसर सिर्जना भएको छ । जारी युरोमा पनि यीदुवै जना खेलाडी समूह चरणमा टिमका लागि धेरै गोल गरेका छन् । बेल्जियमले समूह चरणमा कुलसात गोल गर्दा लुकाकुको योगदान तीन गोल रहेको छ । त्यस्तै, समूह चरणमा पोर्चुगलले पनि सातगोल गरेको छ । त्यसमा रोनाल्डोको पाँचगोल रहेको छ । उनको तीनगोल पेनाल्टीमा आएको हो । अर्कोदुई गोल भने उत्कृष्ट गोलमा पर्छन् । उनी प्रतियोगितामा पाँच गोल गरेर गोल्डेन बुट उपाधि जित्न पनि अग्रसर छन् ।

आजकाखेलहरूः

नेदरल्यान्डस् विरुद्ध चेक रिपब्लिक ९ः४५ बजे बेलुकी, बुडापेस्ट,
पोर्चुगल विरुद्ध बेल्जियम १२ः४५ बजे राति, सेभिया ।

जितपोर्चुगलको हुनेछ

अनिल गुरुङ (फुटबलर)

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तानअनिल गुरुङको नजरमा बेल्जियम र पोर्चुगलको खेल कडा हुने छ । उहाँले नेपाल समाचारपत्रलाई बताउनुभयो—यो खेल निकै टफ हुनेछ । यसमापोर्चुगलले नै जित्नेसम्भावनाछ । त्यसो त बेल्जियमपनिदिनदिनै राम्रो भइरहेको छ । विश्वकपदेखि नै बेल्जियमले राम्रो खेल्दै आएको छ । टिममा युवा खेलाडी धेरै छन् ।उनीहरू युरोपकाबलिया टिमबाट खेलिरहेका छन् ।तर, इतिहास पल्टाउने भएपोर्चुगलले जित हासिल गर्नेछ । पोर्चुगलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो छन् । स्टार खेलाडी हुनु र नहुनुमा धेरै फरक पर्छ ।अरूलाई धेरै मौका चाहिएको हुन्छ उनलाई एउटा मौका नै जित दिलाउन काफी हुन्छ । उनको उपस्थितले नै विपक्षीलाई कठिन बनाउनेछ । फेरि पोर्चुगल युरो च्याम्पियन पनि हो । अर्को रेनेटो सान्चेजले पनि राम्रो खेलिरहेका छन् । जर्मनीविरुद्धको उनको खेलनिकै राम्रो छ । पोर्चुगल जित्नुको कारण यो पनिहो कि समूहमा जर्मनी र फ्रान्स जस्ता सशक्त टिमसँग खेलेर आएको टिम हो । तर, बेल्जियमको समूहमा भने तुलनात्मक रूपमा केहीकमजोर खेलाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्