पछिल्लो २४ घण्टामा थप २०१६ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ । कोरोना संक्रमणबाट आज थप ३० जनाको मृत्यु भएको छ भने ४९१४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्