२४ घण्टामा देशभर थप २ हजार ४७६ जनामा कोरोना संक्रमण, २७ संक्रमितको मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही अवधिमा २७ संक्रमितको मृत्यु भएको छ भने ५ हजार ४५५ जना संक्रमण मुक्त भएका छन् ।

९ हजार ५८६ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७२१ जना र ४ हजार ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५५ जना गरी २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । यस्तै, देशभर हाल ४५ हजार ७९४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४२ हजार ९१० जना होम आइसोलेसनमा छन् भने २ हजार ८८४ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्