काेराेनाबाट नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणको कारण नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको निधन भएको छ ।

कोरोना संक्रमणपछि लामो समयदेखि उपचाररत श्रेष्ठको नर्भिक अस्पतालमा उपचारकै क्रममा बिहीबार दिउँसो निधन भएको हो ।

कोभिड संक्रमणका पुष्टि भएपछि वैशाख २३ गते अस्पताल भर्ना भएका श्रेष्ठको पछिल्लो समय कोभिड रिपोर्ट नेगेटिभ आए पनि उनी अस्वस्थ नै रहेको संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

प्रतिक्रिया दिनुहोस्