थप तीन मन्त्रालयको कार्यभार सम्हाल्दै शिक्षामन्त्री श्रेष्ठ,आजै पदभार ग्रहण गर्ने



न्युज अफ नेपाल, काठमाडौं ।

आज (शुक्रबार) शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले थप तीन मन्त्रालयको पनि कार्यभार सम्हाल्दै छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गर्न लागेका हुन् ।

उनकाे स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे, र लगातार २ बजे श्रम मन्त्रालयमा र साढे ३ बजे वन मन्त्रालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि २५ सदस्यीय मन्त्रिपरिषद हाल पाँच सदस्यमा कायम छ ।

प्रतिक्रिया दिनुहोस्