अमेरिकामा मध्यराति १२ तले भवन भत्किँदा ,१ को मृत्यु ९९ जना बेपत्ता



एजेन्सी ।

संयुक्त राज्य अमेरिकामा बिहिबार मध्यराति एउटा १२ तले भवन अचानक भत्किएको छ। न्युयोर्क टाइम्सका अनुसार घटनामा परी अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ९९ जना मानिस बेपत्ता भएका छन् ।

उद्धारकर्ताहरूले कुकुर र विद्युतीय उपकरणको सहायताले भवनमा च्यापिएका मानिसहरूको खोजी गरिरहेका छन्। अहिलेसम्म ९९ जना मानिस बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। भवन भत्किनुको कारणबारे अनुसन्धान भइरहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्