राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान



न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले असार १७ गते दिउँसो ४ बजेका लागि राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/१० को सिफारिसमा संवत् २०७८ साल असार १७ गते बिहीबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्