उच्च ओहदामा बसेकाहरुको व्यवहारले नै हिटलर जन्मिने हो : वरिष्ठ अधिवक्ता श्रेष्ठ



न्युज अफ नेपाल, काठमाडौँ ।

बिहीबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बसेको बहसमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति महाराज बन्न खाजेको भन्दै प्रश्न उठएका छन् ।

‘राष्ट्रपति श्री ५ भन्दा पनि माथि महाराज बन्न खोज्या हो ? विगतमा राजालाई नभएको अधिकार अहिले छ भन्ने ? राजाले गरेको कार्यमा प्रश्न उठाउन नपाइने ब्यवस्था अन्तरिम संविधानबाट हटाएको होइन ? अहिले कहाँ छ राष्ट्रपतिले गरेको संविधान विपरीतको कार्यमा प्रश्न उठाउन नपाइने भन्ने ?’ श्रेष्ठले प्रश्न गरे ।

राष्ट्रपतिको हालका व्यवहारलाई हिटलरको संज्ञा दिँदै उनले भने ‘उच्च ओहदामा बसेकाहरुको यस्तै ब्यवहारले हिटलर जन्मिने हो’ ।

प्रतिक्रिया दिनुहोस्