सन्तोषी सुब्बा हत्या अभियोगमा एक युवक पक्राउ



न्युज अफ नेपाल ,काठमाडौं ।

सन्तोषी सुब्बा हत्या प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाका अनुसार हत्या अभियोगमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका सुरेश तिमल्सिनालाई पक्राउ गरिएको हो। आज पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।

विभिन्न चराको आवाज निकालेर युट्युबमा भाइरस सुब्बा गत मंगलबार बिहान दक्षिणकालीमा मृत फेला परेकी थिइन्। बलात्कार प्रयासपछि उनको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया दिनुहोस्