सर्वोच्चले मन्त्रीहरू पदमुक्त गरेपछि जसपाको ठाकुर पक्षका नेता बैठक बस्दै



न्युज अफ नेपाल ,काठमाडौं ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताहरू आज छलफल गर्न लागेका छन्। दिउँसो १ बजे बबरमहलमा उनीहरू समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफलमा जुट्न लागेका छन्।

जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको थियो। जसपाबाट दुई राज्यमन्त्री र ९ जना मन्त्री भएका थिए।

महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए। तर सर्वोच्चले अन्तरिम आदेश दिएसँगै १९ दिनमै मन्त्रीहरू पदमुक्त भएका छन्। मंगलबार पदमुक्त भएका मन्त्रीहरू र नेताहरू अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफलमा जुट्न लागेका छन्।

प्रतिक्रिया दिनुहोस्