प्रधानमन्त्रीबाट बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन



न्युज अफ नेपाल ,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमता युक्त बनाउँदै लैजान सकिए मात्र भोली देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताएबा छन् ।बुधबार राजधानीमा सम्पन्न नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन ।

बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको प्रधानमन्त्रीले उल्लेख गरे । यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उनले बताए । यसका साथै त्यस्ता सस्थाहरुले कहिले काहीँ आफ्नो उचाई विपरित संकिर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत ओलीले बताए ।

‘परिणाम स्वरुप नेपाली बालकाबालिका अभिभावक विहिन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे । हाम्रा छोराछोरी खाते भन्दै बदनाम गरिए’, उनले भने । यसका साथै विभिन्न ढंगले ब्यक्तिगत स्वार्थमा बालबालिकिालाई प्रयोग गर्ने काम समेत भए । ‘कहिँ रित पुर्याएर त कही गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो आगामी दिनमा आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रुपले रोक्नुपर्छ’ , ओलीको भनाई थियो ।

सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचार गर्ने र आवश्यक सबै प्रबन्ध गर्ने साथमा उनीहरुलाई अरु बालकालिकाको तुलनामा कम नहुने गरी विकास गर्ने समेत ओलीलेले बताए ।यसकार्यमा बालमन्दिरलाई नेपाल सरकारका तर्फबाट संठनात्मक तथा भौतिक पुर्वाधारमा पूर्ण सहयोग हुने भनाई पनि उनको थियो । नेपाल बाल संगठनले यस तर्फ आफ्नो मनोबल कमजोर गर्ने र हरेस खानु नहुने बताउँदै ओलीलेले संगठन अब कमजोरीहरु हटाइ संगठन अघि बढने समेत बताए ।

अलगै प्रशंगमा ओली सरकारले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताए । सन २०२१ भित्रै सबै नागरिकहरुलाई खोप लगाइने जानकारी दिँदै उनले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेरै गर्न सकिने धारणा पनि प्रधानमन्त्रीको थियो

प्रतिक्रिया दिनुहोस्