इँट्टा भट्टाको खाल्डोमा डुबेर दुईको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

सर्लाहीमा इँट्टा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको मलंगवा नगरपालिका–११, गम्हरिया निवासी सद्दाम अन्सारीका छोरा ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारी रहेको प्रहरीले जनाएको छ।

बुधबार बिहान दाजुभाइ बाख्रा चराउन गएको बेला पल्सी भन्ने ठाउँमा इँट्टा भट्टा बनाउन माटो झिकेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो।
दुबै जनालाई अस्पतालले मृत घोषणा गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्