अमेरिकाले कोरोनविरुद्ध भ्याक्सिन नेपाललाई नदिने घोषणा



काठमाडौं ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसबिरुद्ध भ्याक्सिन नेपाललाई नदिने घोषणा गरेका छन् । अमेरिकाको सर्वाधिक बिक्री हुने दैनिक पत्रिका युएसए टुडेको मंगलबार प्रकाशित समाचारका अनुसार अमेरिकी राष्ट्रपतिले घोषणा गरेको ८ करोड भ्याक्सिन सहयोगमध्ये ७५ प्रतिशत संयुक्त राष्ट्रसंघको कोभ्याक्स कार्यक्रममा सहयोग गरिदैं छ । ।

अमेरिकाले दिने भनिएको एस्ट्राजेनेका भ्याक्सिन र कोभिशिल्ड उही फर्मुला भएकाले सो भ्याक्सिन नेपालले पाएको खण्डमा धेरै नेपालीको ज्यान बच्नसक्ने अवस्था थियो । तर, अहिलेसम्म अमेरिकाको निर्णय हेर्दा नेपालले सीधै भ्याक्सिन सहयोग नपाउने देखिएको छ ।अमेरिकी समाचार संस्था ब्लुमबर्गले जुन २१ मा प्रकाशित गरेको समाचारअनुसार ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, ग्वाटेमाला, एल साल्भाडोर र हण्डुरसले एक करोड ४० लाख डोज भ्याक्सिन दक्षिण एशियाका अफगानिस्तान, पाकिस्तान तथा बंगलादेशसहित अन्य गरिब राष्ट्रलाई ५ करोड ५० लाख भ्याक्सिन त्यस्तै एशियाका भारत, पाकिस्तान, अफगानिस्तान, ताईवान तथा फिलिपिन्सले एक करोड ६० लाख डोज प्राप्त गर्ने छन् ।

बाँकी एक करोड ४० लाख डोज द्विपक्षीय सम्झौताका आधारमा माथि उल्लेखित देशसहित युक्रेन, दक्षिण अफ्रिका, नाइजेरिया, केन्या, घाना, इजिप्ट, इराक तथा पश्चिम तट प्यालेष्टिनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्