ड.सुदिप श्रेष्ठलाई सम्मान प्रदान



काठमाडौं ।

ललितपुर महानगरपालिकाका तर्फबाट नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठज्युलाई सम्मान प्रदान भएको छ। महानगरपालिका प्रमुख श्री चिरिबाबु महर्जन एवं उप-प्रमुख श्रीमती गीता सत्यालज्यूको उपस्थितिमा भएको सम्मान समारोहमा प्रमुख श्री चिरिबाबु महर्जनज्यूले क्यान्सर निदान, उपचार र शोधमा डा श्रेष्ठले अतुलनिय योगदान पुर्याउनुभएको र डा श्रेष्ठले हालसालै पाउनुभएको कोबायाशी फ़ाउण्डेशन पुरस्कार यसै समर्पणको एक मुर्त रुप भएको बताए ।

ललितपुर जिल्लामै जन्मिई यसै क्षेत्रलाई आफ्नो कार्यक्षेत्र समेत बनाई एक स्वस्थ सहर निर्माणका लागि डा श्रेष्ठले कर्मठ रुपले आफ्नो कर्तव्य पालन गरिरहनुभएको हुँदा ललितपुर महानगरका तर्फबाट उनलाई सम्मान गर्दा निकै गौरवान्वित भएको विचार उप(प्रमुखज्यूले व्यक्त गरे ।

यसका साथसाथै ललितपुर महानगरपालिकाका उनन्तिसै वडाहरुका स्वास्थ्य केन्द्रहरुलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा क्यान्सरको प्रारम्भिक निदानका लागि सुद्रिढिकरण गर्ने र स्थानीय निकायहरुको सहकार्यमा समुदायमा आधारित क्यान्सरका रोकथामका कार्यक्रमहरु संचालन गर्ने विषयमा पनि उक्त बैठकमा अधिकारीहरुसंग छलफल गरियो।

डा सुदिप श्रेष्ठज्यूले कोबायाशी क्यान्सर फ़ाउण्डेशन अवार्ड २०२० प्राप्त गरेका थिए । यो अवार्ड क्यान्सरका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने चिकित्सक एवं शोधकर्ताहरुलाई जापानको कोबायाशी फ़ाउण्डेशनद्वारा प्रदान गरिन्छ।

प्रतिक्रिया दिनुहोस्