प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप



काठमाडौं, (नेस)

मन्त्रिपरिषद्को बैठकले नेपालप्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने निर्णय गरेको छ । गृहको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एक एआईजी पद थप गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै नेपालप्रहरीमा अब एआईजीको संख्या पाँच हुने भएको छ । नेपाल प्रहरीमा कार्य एवं अपराध अनुसन्धान विभाग, मानवस्रोत एवं प्रशासन विभाग, महानगरीय प्रहरीको कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गरी चार कार्यालयमा एआईजीको दरबन्दी रहेको छ । त्यसैगरी, प्राविधिकतर्फ प्रहरी अस्पतालमा समेत एआईजीको दरबन्दी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्