काठमाडौं घरभाडा प्रकरण पक्ष र विपक्षको बहस चर्कियो



नेपाल समाचारपत्र, काठमाडौं । 

रूपा सुनारलाई दलितभएकै आधारमा कोठा भाडा नदिएको आरोपमापक्राउ परेका सरस्वती प्रधानलाई प्रहरी हिरासतमा राखिएको घटनाको पक्ष र विपक्षमा बहसहरूचकिँदै गएको छ ।दलितअधिकार सम्बद्ध पक्षले प्रधानले दलितभएकै कारण कोठा भाडामा नदिनु जातीय छुवाछुतविरुद्धको अपराधहो भन्दै कानुनी कारवाही गर्न माग गरेका छन् भने प्रधानले सुनारमाथिकुनै गालीगलौज वादुव्र्यवहार नगरेकोले अपराधको संज्ञा दिई कानुनी कारवाही गर्न नहुने भनेर विज्ञप्ति जारी गर्न थालेका छन् । पक्ष र विपक्षमा वक्तव्यहरूआउन थालेपछि यस घटनाले साम्प्रदायिकरूप लिने हो कि भन्ने दुवै पक्षका बुुद्धिजीवी, संगठनका पदाधिकारीहरूले चिन्ताव्यक्त गरेका छन् ।

सरस्वती प्रधानलाई तत्काल रिहाइ गर्न ललितपुरका जातीय समाज, खलःपुचले माग गरेका छन् । जातीयखलःपुचले मंगलबार विज्ञप्ति प्रकाशितगर्दै सो माग गरेका हुन् । संयोजक समुद्रमान रञ्जितकारले जारी गर्नुभएको सो विज्ञप्तिमा घरधनीलाई नियत वशफसाइएको उल्लेख गर्दै कोठा भाडामा राख्नवा नराख्ने घरधनीको व्यक्तिगतअधिकारको विषय रहेको बताइएको छ ।भविष्यमायस्तो घटना नदिन र प्रधानलाई बिनाशर्त रिहाइको लागिजिल्लाप्रशासनकार्यालय ललितपुरमा ज्ञापनपत्र बुझाउने पनि निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।जातव्यवस्थाउन्मूलन मोर्चा नेपालवागमतीउपत्यका सम्पर्क समितिले घरधनीले जातीयविभेद गरेको भन्दै कारवाही गर्न माग गरेका छन्।नेपालले एक विज्ञप्ति प्रकाशित गरी सो माग गरेका हुन्। मोर्चाका संयोजक महावीर विश्वकर्माद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा भनिएको छ– घरधनी प्रधानले कोठा दिनमञ्जुर भइसकेपछि रूपा सुनार दलित समुदायको भनीथाहा पाएपछि कोठा दिनअस्वीकार गरेकोले हामी सबैलाई आक्रोशितबनाएको छ। विज्ञप्तिमा सुनारलाई जातीयविभेद गर्ने प्रधानलाई कानुनी कारवाहीको भागीदार बनाउनको लागिआआफ्नो ठाउँबाट भूमिकानिर्वाह गरिदिनपनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

यसैबीच, नेवाः देय् दबू काठमाडौं जिल्ला समितिले विज्ञप्ति प्रकाशित गरी प्रधानलाई तत्काल रिहाइ गर्न माग गरेको छ । समितिकाअध्यक्षमचाराजामहर्जनद्वारा हस्ताक्षरित सो विज्ञप्तमा भनिएको छ– ‘सो घटनामा प्रधानले सुनारलाई कुनै गालीगलौज नगरेको, काठा भाडामा दिने वानदिने निर्णय घर सल्लाह गरेर गर्दछु भनेको, कुनै बैना, वा करार गरेर उल्लंघन गरेको अवस्थानभएकोले प्रहरीले पक्राउ गरी हिरासतमा राख्नु मिल्दैन ।’निज सुनारले आफू सञ्चारकर्मी भएको रवाफ देखाई घटनालाई उत्तेजिततुल्याएको भन्दै यस कार्यले जातीय सद्भावमाखलल पु¥याउने पनि विज्ञप्तिमा भनिएको छ ।यस घटनालाई पाठका रूपमालिनुपर्ने अधिकारकर्मी रजनीमिलामहर्जनले बताउनुभयो । सामाजिक सञ्जालमाअधिकारकर्मी महर्जनले लेख्नुहुन्छ ‘वास्तवमारूपाबहिनीले उठाएको जातको आधारमा विभेद गरियो भन्ने मुद्दाले नेवारहरूलाई धेरै पाठ सिकाएको छ। सचेत हुन झक्झकाएको छ ।

उहाँले भन्नुभयो– ‘नेवाः समाजमाअझै पनि कतिपयले जातभातलाई महत्वदिई आफ्नो परिवार र जातप्रतिगर्व गरी सामाजिक प्रतिष्ठा बढाउने चेष्टा गरिरहेका छन्।यसलाई समूलरूपमा नष्ट गर्न समय त लाग्छ नै र दलित समुदायको कोही चेलीले आफूलाई विभेद ग-यो भनी उजुरीका गरेका कारण कसैको आँखा त खुल्यो होला नै।कसैले विभेद गर्यो भन्नु पूर्व नै यस्ता व्यवहार हुन र गर्नबाट सतर्क त हुनै पर्छ।पुरानो पारिवारिक वाजातीय संस्कारलाई परिमार्जन गरी अगाडि नबढ्ने हो भने नेवाः समुदायले आगामी एक दुइदशक मै यस विकृतिको परिणाम अन्य समुदायले भन्दा नराम्रो व्यहोर्नुपर्छ।यस बारेमा नयाँ पुस्ताले बहस गरी जागरण ल्याउनु पर्छ।तुलनात्मकरूपमा नेवाः समाजमा छोइछिटाको व्यवहार निकै कमभएतापनिअझै परिवर्तन हुनबाँकी नै छ ।’ यसैबीच,प्रहरी हिरासतमा रहेका प्रधानलाई थपतीनदिन हिरासतमा राख्नजिल्लाअदालतले अनुमतिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्