राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको विपक्षी गठबन्धनको निष्कर्ष



काठमाडौं, (नेस) । 
विपक्षी पाँच दलीय गठबन्धले सरकारले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने काम गरिरहेको आरोप लगाएको छ । विपक्षी गठबन्धनले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले स्वतन्त्रन्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूलआधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचनआयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएको छ ।

विज्ञप्तिमा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेतामा धवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ । विज्ञप्तिमा निर्वाचनआयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानुनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्दै निर्धारित जिम्मेवारी अनुरूप निष्पक्ष र न्यायसंगत रूपमा काम नगर्नु अत्यन्त चिन्ताको विषय भएको उल्लेख गर्दै आयोगबाट भइरहेका गलत गति विधि अविलम्बबन्द गर्न माग गरिएको छ ।राजनीतिलाई अत्यन्त अस्थीर तुल्याउनुका साथै आन्दोलनका उपलब्धि र राष्ट्रिय हितमा आघात पु-याउने काम प्रधानमन्त्री केपीशर्मा ओलीबाट भइरहेको बताउँदै गठबन्धनले संविधानको सर्वोच्चताको उल्लंघन गरी स्वेच्छा चारी रूपमा दुई–दुई पटक प्रतिनिधिसभाको विघटन गरेर अध्यादेशद्वारा शासन सञ्चालन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

संवैधानिक अङ्गलगायत राज्यका निकायहरूको दुरूपयोग गर्ने कार्यमा सरकार उद्दत रहेको आरोप लगाउँदै गठबन्धनले सरकार कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा र राहतप्रदान गर्न असक्षमभएको बताएको छ । विज्ञप्तिमा बाढी, पहिरो र डुबानजस्ता प्राकृतिकविपद् व्यवस्थापनमापूर्वतयारीको अभाव जस्ताकार्य समेतले सरकारको अकर्मण्यता र गैरजिम्मेवारीपन देखिएको उल्लेख छ ।सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्कीदिने तथा संकीर्ण स्वार्थका लागि जस्तो सुकै कामपनि गर्ने बाटो अंगिकार गर्ने गरेको निष्कर्षसहित नेपालीजनताको कष्टपूर्ण संघर्षबाट प्राप्तउपलब्धिहरू नै गुम्ने खतरा उत्पन्नभएको र राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ– ‘संविधान, लोकतन्त्र, संसद्, राष्ट्रिय हितको रक्षा, कोरानामहामारी र बाढी, पहिरो र डुबानको विपत्तिबाट जनताको सुरक्षा, उद्धार तथापुनःस्थापनातथाजनताका अपेक्षाएवम् आवश्यकताप्रतिको जिम्मेवारी बोधका साथ संयुक्तरूपमापाइलाचाल्नैपर्ने अवस्थासिर्जना भएको छ । यस दिशामा एकताबद्धरूपमा अठोटका साथ अघि बढ्न हामी प्रतिबद्ध छौं ।’

प्रतिक्रिया दिनुहोस्