धनी मुलुकले थुपार्दा गरिब मुलुक खोपबाट वञ्चित



भगवती तिमल्सिना, काठमाडौं ।

 विश्वव्यापी रूपमा ठूलो संख्यामा मानिसहरू संक्रमित हुनुका साथै मृत्यु भएको विषयलाई औंल्याउँदै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभावभएको बताएको छ । डब्ल्यूएचओले कोरोनाविरुद्धको खोप अभावका कारण कोरोना संक्रमणमा वृद्धि भएको उल्लेख गरेको छ ।

विश्व स्वास्थ्य संगठनले गरिब देशहरूमा देखिएको खोप अभावले खोप कार्यक्रम नै प्रभावितभएकोमा चिन्तासमेत व्यक्त गरेको छ । विश्वव्यापी साझेदारी कार्यक्रममार्फत कोरोनाविरुद्धको खोप प्राप्त गरिरहेका र प्राप्त गर्ने लिस्टमा परेका ठूलो संख्याका गरिब देशहरू कोरोनाविरुद्धको खोप लगाउने कार्यमा प्रभावितभएका छन् ।विश्व स्वास्थ्य संगठनका वरिष्ठ सल्लाहकार डा. ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रममार्फत नौ करोड खोप एक सय ३१ वटा देशमावितरण गरिसकेको भएपनिविश्वभरका गरिब देशलाई सो मात्राअपर्याप्त रहेको जनाउनुभएको छ ।विश्व स्वास्थ्य संगठनले जेनेभामा गरेको कार्यक्रममा एलवर्डले खोपको अभावगम्भीर रहेको बताउनुभएको हो । उहाँले कोभ्याक्समा ८० वटा न्यूनआयभएका देश आबद्ध रहेको जानकारी दिँदै कम्तीमाआधा देश आफ्नो खोप कार्यक्रमलाई निरन्तरतादिने अवस्थामा नरहेको बताउनुभयो । उहाँले कतिपय देशले कोरोना संक्रमणको महामारीसँगजुध्नबजार मूल्यभन्दा बढीमा खोप खरिदका कठिन विकल्प रोज्न बाध्यभएको समेत जानकारी गराउनुभयो ।

गत सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले धनी देशहरूले खोपलाई जम्मा गरेर राख्ने प्रवृत्ति अन्त्य हुनु पर्ने विषयमा जोड दिनु भएको थियो । यस्तै,अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले पाँच करोड ५० लाखखोप वितरणको योजना घोषणा गरेको छ । त्यसमध्ये चार करोड १० लाख कोभ्याक्स अभियानमार्फत बाँडिनेछ भने बाँकीएक करोड १० लाखसिधै प्राथमिकतामा रहेका देशलाई दिइने अमेरिकाले बताएको छ ।अघिल्लो वर्ष धनी देशले गरिब देशलाई खोपको मूल्यमा छुट सुनिश्चित गर्नेसहितको प्रतिबद्धता जनाएपछि विश्वभर खोपको पहुँच पु-याउन कोभ्याक्स अभियानथालिएको थियो । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा अरू संगठन पनि सहभागी रहेको उक्तअभियानले सन् २०२१ भित्रदुई अर्ब मात्राखोप उपलब्ध गराउने लक्ष्यलिएको थियो ।

‘दुई प्रकारको खोप थप प्रभावकारी’

यताविश्व स्वास्थ्य संगठनले खोपका विषयमा कोरोनाविरुद्धको दुई मात्राखोप फरक–फरक लगाउँदा झन् प्रभावकारी देखिएको रिपोर्ट सार्वजनिक गरेको छ । पछिल्लो अनुसन्धानले दुई प्रकारको खोपबाट कोरोनाविरुद्ध लामो समयसम्म सुरक्षा मिल्ने र इम्युनिटी पनि वृद्धि हुने पुष्टि भएको जनाएको छ ।विश्व स्वास्थ्य संगठनले कोभिसिल्डको पहिलो मात्रा लगाउनेले दोस्रो तथा अन्तिम मात्राका रूपमा भेरोसिल लगाउन सकिने बताएको छ । दुई अलग–अलग कम्पनीको भ्याक्सिन लगाउँदा कोरोनाको नयाँ भेरियन्टविरुद्ध झनै प्रभावकारी हुने देखिएको विश्व स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक सौम्या स्वामिनाथनले बताउनुभयो । यो अनुसन्धानको रिपोर्टले पहिला एक कम्पनीको खोप लगाएर सोही कम्पनीको खोप कुरेर बसेका व्यक्तिका लागि अब सहज अवस्था आएको उहाँको दाबी छ ।

यसअघि,पनि वैज्ञानिकहरूले फरक–फरक कम्पनीको खोप लगाउन सकिने बताए पनि प्रयोगमा आएको थिएन । दुई खाले खोपले जिउदुख्ने, ज्वरो आउने जस्ता समस्या भने हुन सक्ने वैज्ञानिकहरू बताउँदै आएका छन् ।बेलायत, स्पेन र जर्मनीलगायत मुलुकमा यस्तो समस्या देखिएको थियो । अलग–अलग कम्पनीको खोपले यस्तो इम्युन सिस्टम बनाएको छ, जसले उच्च स्तरको एन्टिबडी र ह्वाइट ब्लड सेल्स निर्माण गरिदिन्छ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप आरम्भ हुँदाभारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नामकखोप लगाइएको थियो । अहिले उक्तखोप भारत सरकारले नेपालले खरिद गरिसकेको १० लाख डोजसमेत नपठाएपछि चीन सरकारको सहयोगमा प्राप्त खोप भेरोसिल लगाउने कार्य जारी छ ।

यसैबीचमा भारतबाट नेपालले खरिद गरेको र अनुदान प्राप्त खोपमध्ये बाँकी भएको कोभिसिल्ड खोप बुधबारदेखि ७७वर्ष माथिका नागरिकलाई र निश्चित तोकिएका वर्गलाई लगाउने तयारीमा सरकार जुटेको छ ।नेपालमा नौलाख ज्येष्ठ नागरिकका साथै अन्य फ्रन्टलाइनर दोस्रो डोज खोप नपाएर अन्योलमा परेको अवस्थामा नेपालमा बचेको खोप लगाउने निर्णय र विश्व स्वास्थ्य संगठनको नयाँ निर्णयले थप आशा जगाएको छ । हालसम्म कोभिसिल्ड लगाउनेले भेरोसिललगाउननहुने भन्दै लामो समय सम्म पहिलो मात्राखोप लगाई कोभिसिल्डको दोस्रो मात्राको प्रतीक्षामार हेका नागरिकका लागि यो खुसीको खबर हो । अहिले विभिन्न देशमा खोप अभियान तीव्र पार्नका लागि फरक–फरक कम्पनीकाखोपको परीक्षण गर्न थालिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालले पनि ५० लाख डोज भेरोसिल खोप चीन सरकारसँग खरिद गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्