आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने मन्त्रिपरिषद्को निर्णय



न्युज अफ नेपाल, काठमाडौं ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । गन्तब्य र वायुसेवा कम्पनी अनुसार कोटा तोकेर हवाई उडान खुला गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

जानकारी अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुने र यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्ने बताइएको छ । मन्त्रालयले बुधबारसम्म तालिका तय गर्ने बताइएको छ ।

त्यस्तै, मन्त्रिपरिषदको सोही बैठकले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ । मन्त्रालयका अनुसार अब काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ । त्यस्तै, काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्