एक जना अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी थप गर्ने सरकारको निर्णय



न्युज अफ नेपाल, काठमाडौं ।

मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरवन्दी थप गर्ने निर्णय गरेको छ । गृहको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एक जना एआईजी पद थप थप गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै नेपाल प्रहरीमा अब एआईजीको संख्या पाँच हुने भएको छ । नेपाल प्रहरीमा कार्य एवं अपराध अनुसन्धान विभाग, मानवश्रोत एवं प्रशासन विभाग, महानगरीय प्रहरीको कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गरी चार कार्यालयमा एआईजीको दरबन्दी रहेको छ । त्यसैगरी प्राविधिकतर्फ प्रहरी अस्पतालमा समेत एआईजीको दरबन्दी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्