पछिल्लो २४ घण्टामा ४५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ४१ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ४५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

यस्तै मन्त्रनलयले आज संक्रमितको संख्या बढी देखिएको मुख्य कारण धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा रहेको पनि स्पष्ट पारेको छ । आज कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ भने ४९५४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्