परम्परागत खेतीलाई परिमार्जन गर्न पूर्वमन्त्री अर्यालको आग्रह



अमृत अर्याल, स्याङ्जा ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की केन्द्रिय सदस्य तथा पूर्व कृषिमन्त्री पद्माकुमारी अर्यालले कृषकलाई परम्परागत खेतीलाई परिमार्जन गरी व्यावसायिक कृषिकर्ममा लाग्न आग्रह गर्नुभएको छ । जिल्लाको भीरकोट २ बयरघारीमा ग्रामीण कृषि सहकारी संस्थाद्वारा आयोजित सामूहिक तरकारी खेतीसम्बन्धी तालीमको उद्घाटन गर्दै पूर्व कृषि तथा पशुपन्छीमन्त्री अर्यालले जमीनलाई चक्लाबन्दी गरेर ठूलो संख्यामा कृषि उत्पादनमा लागेमा बेरोजगारी समस्या समाधान गर्न सहयोग पुग्ने बताउनुभयो । ग्रामीण कृषि सहकारी संस्था भीरकोट– २ को आयोजना र भूमिमन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित तालीममा समूहमा आबद्ध २५ कृषकको सहभागिता रहेको सहकारी संस्थाका प्रबन्धक सरस्वती अधिकारीले जानकारी दिनुभयो ।

भीरकोट नगरपालिका तरकारी खेतीकोे हव बन्दै गएको छ । नगरका अधिकांस क्षेत्रमा कृषकहरुले तरकारी खेती गदै आएका छन् । सिंचाईका लागी पानी प्रसस्त हुने भएकाले यस क्षेत्रका किसानहरुले तरकारी खेतीबाट राम्रो आन्दानी गर्न थालेका छन् । नगरको वडा नं ५ र ८ का किसानहरुले धेरै मात्रामा तरकारी खेती गदै आएका छन् । बाह्रै महिना पानी प्रसस्त हुने हुने भएपछि त्यस क्षेत्रका किसानहरुले अन्नबाली धान, गहुं, मकै, तोरी लगायतका खेती पनि गर्छन् । यस्तै तरकारी खेती तर्फ टमाटर, गोपी, सिमि, आलु, काउली, खुर्सानी, प्याज, लसुन, केराउ, साग ,भिन्डी लगायतका खेती गदै आएका छन् । उनीहरुले मौसमी र बेमौसमी तरकारी खेती गदै आएका छन् । विगतमा परम्परागत तरकारी खेती गदै आएका कतियपय किसानहरुले पछिल्लो समयमा प्रविधिको विकास संगै आधुनिक खेती समेत गदै आएका छन् ।

तरकारी खेती गदै आएका कतिपय किसानले राम्रो आम्दानी गरेर घर खर्च चलाउने गरेको बताउछन् भने कतिपय किसानले तरकारी खेतीबाट आम्दानी गर्न नसकेको बताउने गरेका छन् । भीरकोट ५ का ज्ञानेन्द्र तिवारीले तरकारी खेतीबाट राम्रो आम्दानी गरेको बताउनुभएको छ । आफुले विगत लामो समय देखी टमाटर, काउली, प्याज, सिमि लगायतको तरकारी खेती गदै आएको बताउदै तिवारीले तरकारी खेती गरेर झन्डै बार्षिक ३ लाख रुपैया आम्दानी गरेको बताउनुहुन्छ ।यसैबीच जिल्ला सदरमुकाममा जयजनता बहूउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तीनदिने व्यावसायिक तरकारी खेती तालीम शुरु भएको छ । जिल्ला सहकारी संघ स्याङ्जाको पहलमा भूमि मन्त्रालयको आर्थिक सहयोगमा सहकारीमार्फत उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत कालीगण्डकी गाउँपालिकामार्फत तालीम सञ्चालन गरिएको जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्