काठमाडौंमा थप २८५ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुर जिल्लामा ३३ र ललितपुरमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ३७९ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २,२९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज थप ४६ जनाको कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्