लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई १७५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग



यमलाल भुसाल, बुटवल ।

अक्सिजनको अभावमा विरामीले मृत्यु वरण गरेको स्थान बुटवलमा अहिले अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने दाताहरुको क्रम बढदै गएको छ ।यहाँको  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधीमा १ सय ७५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्ट डा . राजेन्द्र प्रसाद खनालले आफनो व्यक्तिगत सम्र्पकवाट चिनीया राजदुतावासवाट १ सय थान, अमेरिकामा क्रियाशिल नेपाली चिकित्सकहरुको संस्था हेक्सनवाट ४० थान, चन्दा गिरी केवलका संचालक चन्द ढकालवाट २०थान र  एन आर एन स्कट ल्याण्डवाट ५ थान अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई प्राप्त भएको बताउनु भयो ।

कोभिड १९ महामारीका विरामी र अन्य विरामी जो अक्सिजन आवश्यक पर्नेहरुलाई अक्सिजन कन्सन्ट्रेटर प्रयोग भएको मेडिकल सुपरिटेण्ट खनालले बताउनु भयो ।

सोमवार मात्र एन आर एन स्कट ल्याण्डवाट त्यहा कार्यरत नेपालीहरुले आफनो आम्दानीवाट खर्च कटौती गरि संकलन गरि नेपालका विभन्नि स्थानका अस्पताललाई उपलब्ध गराउने गरि २० थान अक्सिजन कन्सन्ट्रेटर  पठाएकोमा लुम्बिनी प्रादेशिक अस्पताललाई ५ थान हस्तान्त्ररण गरिएकोे छ । एन आर एन स्कट ल्याण्डका प्रकाश अर्यालले  अस्पतालका मेडिकलसुपरिटेण्ट खनाललाई उक्त स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको हो ।

रोटरी क्लव अफ सेन्टल बुटवलका अध्यक्ष तथा अस्पतालका पुर्व अध्यक्ष बावुराम भट्रराईको विषेश पहलमा एन आर एन स्कट ल्याण्डवाट अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको क्लवका भावी अध्यक्ष हिमाल गैरेले बताउनु भयो । क्लवका सचिव गंगा ढकालले एन आर एन स्कट ल्याण्डका साथीहरुले स्थानिय रुपमा समन्वयकारी भूमिका निर्वाह गरिदिन भने बमोजिम सहयोग गरेको जानकारी गराउनु भयो ।

प्रति मिनेट १० लिटर ग्यास उत्पादन गरि सप्लाई दिने अक्सिजन कन्सन्ट्रेटर  अक्सिजन अभाव हुने  स्थान ग्रामीण क्षेत्रमा  बढी प्रभावकारी हुने बताईएको छ । उद्यपी शहरी क्षेत्रमा पनि कोभिडको माहामारीमा अक्सिजन अभाव हुदाको समयमा यस्ता उपकरणको  महत्व बढी देखिने गरेको चिकित्सकहरुले बताउने गरेका छन।

प्रतिक्रिया दिनुहोस्