माओवादी केन्द्रद्वारा पार्टी छोडेका नेता-कार्यकर्तालाई पार्टीबाट निस्कासन



न्युज अफ नेपाल , काठमाडौं ।

नेकपा माओवादी केन्द्रको आज भर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले १४ जना स्थानीय तहका पदाधिकारीलाई पार्टीबाट निस्कासन गरेको छ । २०७४ सालमा माओवादी केन्द्रको टिकट लिएर चुनाव जितेका १४ जना स्थानीय तहका पदाधिकारीलाई माओवादी केन्द्रले निस्कासन गरेको हाे  ।

एमालेमा लागेका कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साह,उपप्रमुख गौरीशंकर जयसवाल,लाहान नगरपालिका  सदस्य सतहीलाल दास,यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह,माधवनारायण नगरपालिकाका उपप्रमुख सिमल साह,फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्तिदेवी साह, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी,चम्पादेवी गाउपालिका १, ओखलढुंगा वडा अध्यक्ष सुरेश कुमार थापा, भजनी नगरपालिका कैलाली उपप्रमुख  छायाँ देवकोटा, सम्सी गाउपालिका महोत्तरी अध्यक्ष शेख थारु,गौरीगन्जा नगरपालिका ४ कैलाली वडा अध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका १ कैलाली वडा अध्यक्ष परमानन्द भटट,  वर्धगोरिया नगरपालिका ४ कैलाली वडा अध्यक्ष पुरन विसि, लाई पार्टीबाट निष्कासन गरेको हो।

प्रतिक्रिया दिनुहोस्