अन्तराष्ट्रिय योग दिवसमा सहयोग तथा बृक्षारोपण



मोतीराम तिमल्सिना, काभ्रे । 

७ औ अन्तराष्ट्रिय योग दिवसको अवसरमा नेपाल योग खेलकुद संघ काभ्रेपलाञ्चोकले बृक्षारोपण तथा गुरुकुल अध्ययन गर्ने विद्यार्थीहरुका लागि सहयोग गरेको छ । अध्यक्ष पूर्णचन्द्र सिग्देलले योगलाई ब्यक्तिको जीवनसँग मात्रै नभई समुदाय र राष्ट्रको विकास र समृद्धीसँग जोड्नु पर्ने बताउनु भयो ।

योग दिवसको अवसर पारी नैमिषारन्य क्षेत्रमा बृक्षारोपण गरिएको छ । गुरुकुलमा ४३ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । नेपाल सरकारको थोरै मात्र सहयोग रहेको गुरुकुललाई विभिन्न ब्यक्ति तथा संस्थाहरुको सहयोग आवश्यक रहेको नैमिषारन्य क्षेत्रमा रहेको गुरुकुलका सचिव पदम ढुंगानाले बताउनु भयो । सोहि अवसरमा योग खेलकुद महासंघका सदस्य किरण न्यौपाने र सुभेच्छा न्यौपानेले डेमो प्रर्दशन गरेका थिए । किरण उपत्यका ब्यापी योग खेलकुद प्रतियोगिताका गोल्ड मेडलिस्ट हुन् भने सुभेच्छा प्रतियोगिताकी दोश्रो विजेता हुन् । उनिहरु दुबै दिदीभाई हुन् । निरन्तर योग अभ्यासबाट शरिरलाई मात्रै होईन ब्यक्तिको मन र समुदायमा असल सन्देश दिन सकिने न्यौपानेद्धयले बताउनु भयो ।

गुरुकुलका प्राचार्य दिब्यमणी अधिकारीले गुरुकुलमा अध्ययन गर्ने बालबालिकाहरुका लागि शिक्षासँगै संस्कृति, सभ्यता र संस्कार सिकाईरहेको बताउनु भयो । अघिल्लो वर्ष ७ जनाले एसईई दिएका थिए भने यो वर्ष ६ जना एसईईमा सहभागि भएका छन् । कक्षा ६ देखि १० सम्म अध्ययन भईरहेको गुरुकुलमा कक्षा ११ संचालनका लागि प्राविधिक कठिनाई रहेको प्राचार्य अधिकारीले बताउनु भयो । गुरुकुलका अध्यक्ष रामप्रसाद अधिकारीको ब्यवस्थापनमा शैक्षिक गतिविधि संचालन भईरहेको छ ।योग दिवसको अवसरमा नेपाल खेलकुद संघले ७ बोरा चामल र एक बोरा दाल गुरुकुललाई उपलब्ध गराएको छ ।

कार्यक्रममा जिल्ला खेलकुल विकास समितिका अध्यक्ष मानविर लामाले योग र खेलकुदको माध्यमबाट बालबालिकाहरुको सर्वाङ्गिण विकास गर्न सकिने बताउनु भयो । कोभिड १९ को महामारीका बीच पनि नागरिकहरुको जीवन रक्षाका लागि योग र खेलकुदका अभ्यासहरुलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । जिल्ला आर्युवेद कार्यालय काभ्रेका कृष्णप्रसाद पराजुलीले आर्युवेदको निरन्तर प्रयोगले ब्यक्ति स्वस्थ हुने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिनाले योग खेलकुदलाई विद्यालय तहबाटै ब्यवहारीक जीवनमै प्रयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा योग खेलकुद संघका पदाधिकारीहरु तथा गुरुकुलका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्