पहिरोले मर्स्याङ्दी नदी थुनियो,सशस्त्र प्रहरीद्धारा काठहरु पन्छाउदै (तस्वीरसहित)



न्युज अफ नेपाल, काठमाडौ ।

लगातारको वर्षा पछिको पहिरोले मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ। चामे गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने स्थानमा मर्स्याङ्दी नदीमा पहिरो खस्दा बहाव पूर्णरूपमा थुनिएको सशस्त्रका डीएसपी होमनाथ पन्थी बताएका छन् ।

निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको सतह थप बढ्नसक्ने भएकाले चामे बजार उच्च जोखिममा रहेको पन्थीले बताए । पानीको बहाव बढिरहेकोले जुनसुकै बेला खतरा हुन सक्छ । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा माटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो ।

सशस्त्र प्रहरीले माथिबाट झरेको पहिरो, ढुङ्गा माटो र काठ दाउराहरु पन्छाउदै छन् । ।  पहिरो खसेर मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुलसमेत जोखिममा परेको छ। बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिज समेत कटान गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्