सरकारको वैधता देखाउन माग



बुटवल, (नेस)

लुम्बिनी प्रदेशका प्रतिपक्षीदलहरूले लुम्बिनी प्रदेश सरकारको वैधता देखाउन माग गर्दै बैठक बहिष्कार गरेका छन् । आइतबार प्रदेश सभामा विशेष समय माग गरेर बोल्दै कांग्रेसका संसदीयदलका नेत वीरेन्द्र कनौडियाले सरकार आफैं वैध नभएको बताउँदै आफ्नो वैधतालाई प्रदेशसभामा प्रस्तुत गर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।

कनौडियाले बोलेलगत्तै गठबन्धनले बैठक बहिष्कार गरेपछि सूचना टाँस गरी असार नौगतेसम्मकालागि बैठक स्थगित गरिएको छ । सहजरूपमानीतितथाकार्यक्रमपारित गर्न र आर्थिक वर्ष ०७८-०७९ को बजेट प्रस्तुत गर्न दिएकाविपक्षी गठबन्धनले बैठकमा आय–व्ययमाथिको छलफल भने बहिष्कार गरेका छन् ।

गठबन्धनले अल्पमतको सरकारले ल्याएको बजेटसम्बन्धी छलफलमा भागनलिने भन्दै बहिष्कार गरेका हुन् । प्रदेश सभा बैठक शुरूभएलगत्तै कनौडियाले अल्ममतको सरकारले ल्याएको बजेटको स्वामित्वप्रदेश सभाले लिने कि नलिने भन्ने प्रश्न उठेको बताउनुभयो । उहाँले पहिले सरकारले आफ्नो वैधानिकता प्रस्तुत गर्नुपर्ने उल्लेख गर्नुभयोे ।

विगतकातीनवर्षभन्दापनि योपटक खराब बजेट आएको कनौडियाले बताउनुभयो । प्रदेश सभाका सदस्यहरूले लुम्बिनीप्रदेश सभाको बैठक बहिष्कार गरेपछि सूचना टाँस गरी असार नौ गतेसम्मकालागि बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्