‘मर्दाको मलामी’ बने वडा अध्यक्ष

आफैं संक्रमितको शवबोकेर घाटमा पु-याउँ छन्



दुर्गाप्रसाद शर्मा, पर्वत । 

कोरोना संक्रमितको निधन भएपछि नेपाली सेनाले शवव्यवस्थापनगर्दै आएको छ । तर,कतिपयगाउँमा सेनालाई बोलाउन कठिन छ । अझै परिवारका सदस्यमा संक्रमण पुष्टि भएपछि संक्रमितको छेउमा गएर शवव्यवस्थापन गर्न कुनै गाउँले पनि अघि सर्दैनन् । संक्रमितहुने डरमा गाउँघरमा चलेको ‘मर्दाको मलामी’को भूमिकापनि हराउँदै गएको छ ।

आफन्तहरूसमेत शव छुन डराउने गरेको बेलापर्वतका एक जना वडा अध्यक्षभने मृतकको शवव्यवस्थापनमाआफैं सक्रियहुनथाल्नुभएको छ । पर्वत मोदीगाउँपालिका–२ देउपुरका वडा अध्यक्षविकास तिमिल्सिनाले शनिबार एक जना वृद्धको शवआफैं पीपीई सेट लगाएर घाटतर्फ लगेको तस्वीर अहिले सामाजिक सञ्जालमाचर्चित बनेको छ ।मोदीगाउँपालिका–७ घर भई हालपातीचौर बजारमा बस्दै आएकी ८२ वर्षीया महिलाको मृत्यु भएपछि आफन्त र छिमेकीले शव छुन कठिन भएको थियो । त्यस्तोअवस्थामातिमिल्सिनालाई खबर आएपछि पातीखोला र मोदीखोलाको दोभानमा रहेको घाटसम्म पीपीई सेट लगाएर आफै शवबोक्नुभएको थियो । मृतककानाति र अध्यक्षतिमिल्सिनाले शव खोलामा लानुभएको थियो । मृतक महिलाको यसअघि गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो भने छोरा, बुहारी र नातिसहितचारजनामा संक्रमण पुष्टि भएको छ ।

मृतकमापनि रिपोर्ट नेगेटिभ आएपनि संक्रमणको आशंका गरिएकाले शवबोक्न र बाँध्न समस्या भएपछि आफूलाई खबर आएको अध्यक्षतिमिल्सिनाले बताउनुभयो । ‘शवव्यवस्थापनकालागिखबर आएपछि म आफैं पुगेर घाटसम्म लगेको हो’, उहाँले भन्नुभयो– ‘मैले दुई डोज खोप लगाएका कारण पनिआत्मबल बढेको हुँदाशवव्यवस्थापनमालागेको हुँ ।’ नजिकजान कोहीपनिनमान्ने भएकाले शवव्यवस्थापन गर्न लागेको उहाँको भनाइ छ ।मृतकको गाउँ राम्जाबाट दाजुभाइहरूपनिआउन सकेका थिएनन् । ‘नागरिकले खोपपाएका छैनन् । खोपनपाएका मान्छेहरूहामीलगाएकाहरूभन्दा बढी खतरामा छन् । यही कारण पनिमैले गाउँलेहरूको गुहार माग्न सकिनँ,’तिमिल्सिना भन्नुहुन्छ– ‘संक्रमण भइरहेको मान्छेलाई त थप केहीनहुने भयो । नातिबोक्न सक्ने अवस्थामाहुनुहुन्थ्यो । उहाँ र मैले शवबोकेर घाटमा पुग्यौँ । चिताचिन्यौँ र जलायौँ ।’

वडा अध्यक्षतिमिल्सिना यसअघि प्रहरी सेवामाहुनुहुन्थ्यो । उहाँले पर्वतलगायतका स्थानमा ट्राफिक प्रहरीको प्रमुखहुँदापनिनमुनाकामगरेर चर्चामा आउनुभएको थियो । तिमिल्सिनाले २० वर्ष लामो प्रहरीको सेवाबिताएको तीन महिनापछि नै वडा अध्यक्षनिर्वाचितहुनुभएको थियो । उहाँको कामगर्ने शैलीप्रहरीको जस्तो छ । गर्नुपर्नेकाम गरिहाल्नुपर्ने, आवश्यक परेमा निडर भई जस्तो ठाउँमा पनिहातहाल्ने ।वडामा रहने पाँचजनप्रतिनिधिमध्ये विकास नेपालप्रहरीबाट सेवानिवृत्त हुन् । अन्यदुईजनापनिभारतीय सेनाबाट अवकाशपाएकाहरू हुनुहुन्छ । यही कारण उहाँहरूको कामगर्ने शैली एकै प्रकारको छ । परेको बेलामाकामको शुरूवातआफैंले गर्ने र अरूलाई आदेश दिनुभन्दाआफूले नै शुरूवात गरेर देखाउँदात्यसले नागरिकमाजागरूकताल्याउने तिमिल्सिनाको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्