फेरि नेतृत्व हत्याउने रणनीतिमा देउवा : पहिलो चरणमा प्रदेश स्तरीय केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै



रामकृष्ण चापागाईं, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै सभापति शेरवहादुर देउवा फेरी नेतृत्व हत्याउने रणनीतिमा लाग्नु भएको छ । काग्रेसले केन्द्रिय महाधिवेशनको लागि भदौ १६ देखि १९ गते सम्मको मिति तय गरेको छ । यस अघि महाधिवेशनको तिथिमिति पटक पटक परिवर्तन गर्दै आएको काग्रेसलाई पछिल्लो पटक तय गरिएको महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने छुट छैन । भदौ २० गते अगावै महाधिवेशन नगरे पार्टीको विधानले दिएको सुविधा र संविधानले दिएको सुविधा समेत सबै गुम्ने र यसको अवजस सबै सभापति देउवाले भोग्नुपर्ने भएकोले अब तोकिएकै समयसिमा भित्र महाधिवेशन सम्पन्न गर्न सभापति देउवा प्रतिवद्ध भएका छन् ।

फेरी नेतृत्व हत्याउने रणनीतिमा लाग्नुभएका सभापति देउवा अहिले प्रदेश स्तरीय केन्द्रिय सदस्यहरु संग सर–सल्लाह र छलफल गरिरहनु भएको छ । सभापति देउवाले आईतवार पनि बाग्मतीका केन्द्रिय सदस्यहरु संग आफ्नै निवास बुढानिलकण्ठमा छलफल गर्नुभएको थियो । ‘कोरना महामारि, प्राकृतिक प्रकोप र राजनीतिक तरलताका वीच पनि महाधिवेशन हुन्छ’ सभापति देउवाको भनाई उदृढ गर्दै केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले भन्नुभयो– यस्तो अवस्थामा महाधिवेशन हुदैन की भनेर दुविधा नराखि उत्साहका साथ तयारीमा जुटन सभापति देउवाले आग्रह गर्नुभएको छ ।

पछिल्लो पटक तोकिएको समयसिमा भित्र महाधिवेशन गर्ने कुरामा पार्टी भित्र कुनै विवाद नरहेको भन्दै केन्द्रिय सदस्य हुमागाई थप्नुहुन्छ– समयक्रम अनुसार महाधिवेशन कुन विधिबाट हुन्छ अहिले भन्न सकिदैन तर महाधिवेशन हुने कुरामा अब कुनै शंका छैन । हालै बसेको काग्रेस केन्द्रिय समितिले पारित गरेको महाधिवेशन कार्यतालिका अनुसार गाउ नगर वडा अधिवेशन श्रावण १२ गते, गाउपालिका नगरपालिका श्रावण १६ गते, प्रदेशसभा क्षेत्रिय अधिवेशन श्रावण २० गते, एकमात्र प्रतिनिधि सभा निर्वाचन भएको जिल्ला अधिवेशन श्रावण २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २६ गते र प्रदेश अधिवेशन भाद्र १ र २ गते गर्ने निर्णय भएको छ ।

काग्रेस विधान अनुसार निर्वाचन क्षेत्रवाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरुले केन्द्रिय नेतृत्व चयन गर्नेछन् । यस अघि १३औं महाधिवेशनमा ३१ सय ८२ जना महाधिवेशन प्रतिनिधि थिए भने यो महाधिवेशनमा ४ हजार ५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधि हुने अनुमान छ । अहिले प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाको दरले महाधिवेशन प्रतिनिधि आउछन । साथै ३६ वटा जनसम्पर्क समिति र भातृ एवं सुभेच्छुक संस्थाबाट पनि महाधिवेशन प्रतिनिधि आउछन् । साथै सिङ्गो केन्द्रिय समिति पनि छ ।

१३औं महाधिवेशनमा सम्पर्क समिति, भातृ एवं सुभेच्छुक संस्था र केन्द्रिय समिति बाट २ सय १८ जना महाधिवेशन प्रतिनिधि थिए । यहिले यो संख्या ४ सय भन्दा बढी हुने अनुमान छ । फेरी नेतृत्व हत्याउने रणनीतिमा लागेका सभापति देउवालाई १३औं महाधिवेशनको भन्दा बढी चुनौती छ । काग्रेस भित्रसभापति देउवा पक्ष, वरिष्ठ नेता रामचन्द्र पक्ष र अर्का नेता कृष्णप्रसाद सिटौला पक्ष गतिीन गुट सक्रिय छ । साथै शिर्ष र प्रभावशाली नेताहरुको छुट्टाछुट्टै उपगुट पनि छ । १४औं महाधिवेशनको लागि वरिष्ठ नेता पौडल र सिटौलाले पनि दावि गर्ने सम्भावना रहिरहेको बेला महामन्त्रि डा. शशांक कोइराला, नेता शेखर कोइराला र उपसभापति विमलेन्द्र नीधिले पनि सभापतिको लागि आकाक्षा राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्