भीरबाट खसेको ढुंगा लागेर सेनाको मृत्यु, दर्जन बढी परिवार जोखिममा



दयाराम पण्डित, बाजुरा ।

जगन्नाथ गाउँपालिकाको वडा न ३ मा पर्ने कर्णाली करिडोरमा माथीबाट खसेको ढुङ्गा लागेर एक जना नेपाली सेनाका प्युठको मृत्यु भएको छ ।

कर्णाली करीडोरमा काम गर्ने नेपाली सेना बर्ष ३८ कादिलबहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतक भण्डारी हिमाली गाउँपालिका वडा न ४ बाजुराकै रहेका बुझिन आएको प्रहरीले जनाएको छ । आईतबार विहान खबर प्राप्त भएपछि उनको मृत्यु बारे थप बुझ्न नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

यसैबीच अबिरल वर्षका कारण सनिवार रातिबडीमालिका नगरपालिकाकी नगरउप–प्रमुख कबिता विष्टको घर लगायत चैडिल भुवखाडाको पुरै वस्ती जोखिममा परेको हो । सनिवार राति आएको पानीका कारण घरमाथि बाट पहिरो खस्दा भलमाटो घरभित्र पसेको छ । बस्ती जोखिममा आईतवार विहानै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीवलले लगायत स्थानीय वासिन्दा उप–मेयर विष्टको उद्धार गरेका हुन् । उपमेयर विष्टको घर भग्नावेश भएपछि आईतवार विहानै त्रिबेणी बचत तथा ऋण सहकारी संस्थालि.को भवनमा सरिएको छ। गए रातिको पहिरोले बालमन्दीर बिद्यायालयको नवनिर्मित भवन, सानाकिषन सहकारीको नवनिर्मित भवन । बिरबहादुर थापा,मथुराराज पण्डित, संगिता सिंह, मानवहादुर थापा, धनवहादुर रावल, प्रेमरमज पाध्यायलगायतका सदरमुकाम भित्रकै दर्जनौं घरपरिवार जोखिममा छन् । त्यसैगरी पहिरोवाट त्रिबेणी साना जलविद्युतको नहर पनि पुरिएको छ । बडिमालिका नगरपािलका वडानं. सातका नरल्वारको घर पनि पहिरोमा परेको छ। सदरमुकाम मार्तडी नयाँ वसपार्क भत्किदा प्रकाश थापाको घर पुरिएको छ । साँफे–मार्तडी सडक खण्डको अम्कोट देखि द्धारीसम्म पहिरोले थप क्षेद्बिच्छेद भएको छ। दुुई हप्ता यता सदरमुकाम मार्तडीको यातायात ठप्प छन् ।

प्रतिक्रिया दिनुहोस्