पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै



न्युज अफ नेपाल , काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन्।

असार २ गते थप उपचारका लागि दिल्ली लगिएका खनालको अपोले अस्पतालमा उपचार भइराखेको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अपोलेमा उपचार भइराखेको र स्वास्थ्यमा क्रमिक सुधार भइराखेको छ।

स्वास्थ्यमा समस्या आएपछि जेठ ३१ गते थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारको लागि असार २ गते दिल्ली लगिएको हो।

प्रतिक्रिया दिनुहोस्