बुढानिलकण्ठमा केन्द्रीय सदस्यसँग छलफल गर्दै देउवा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्।सभापति देउवाले भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा फेरि पनि आफू नै उठ्ने तयारी गरेका गरेका छन ।

देउवाले आफू पक्षका केन्द्रीय सदस्यलाई बुढानिलकण्ठ बोलाउँदै महाधिवेशनमा सहयोग गर्न आग्रह गरिरहेका छन्।देउवाले आज गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग अपरान्ह ३ बजे छलफल गर्न लागेका छन्। साथै शनिबार देउवाले प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए।कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्