ओलम्पिक डे मनाइयो



काठमाडौं, (नेस)

नेपाल ओलम्पिक कमिटीको तत्वावधान तथा स्पोर्टस फर अल कमिसनको आयोजनमा शनिबार ओलम्पिक डे २०२१ मनाइएको छ । कमिटीको सातदोबाटो स्थिति मुख्यालयमा आयोजित विशेष कार्यक्रमबीच सम्पूर्ण सुरक्षा अपनाएर ओलम्पिक डे मनाइएको हो । त्यस अवसरमा युवा तथा खेलकुद मन्त्री एकबाल मियाँले नेपालको भण्डा झण्डोत्तोलन गर्नु भएको थियो ।

यस्तै, कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गर्नुभयो । त्यसै अवसरमा मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठबीच मैत्रीपूर्ण टेबल टेनिस पनि भएको थियो । त्यसपछि, आयोजित मुख्य कार्यक्रममा कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेको महत्वबारे प्रकाश पार्नुभएको थियो ।अध्यक्ष श्रेष्ठले त्यस अवसरमा ओलम्पिक डेको आयोजनामा नेपाली खेलकुद र समग्र समाजमै भ्रातृत्व र शान्ति बढ्ने बताउनुभयो । यस्तै, मन्त्री मियाँले नेपाली खेलकुद विकासका लागि सामूहिक प्रयास आवश्यक भएको र आपूm नेपाली खेलकुदको विकासमा सबै प्रकारले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा गायन पनि प्रस्तुत गर्नु भएको थियो । त्यस अवसरमा कमिटीका पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य तथा महासचिव निलेन्द्र श्रेष्ठको उपस्थिति थियो । नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्