राजदूत बन्न स्नातक उत्तीर्ण



काठमाडौं, (नेस) । 

मन्त्री भइसकेका व्यक्तिलाई राजदूत बन्न योग्यता नचाहिने गरी राखिएको व्यवस्था हाल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सो व्यवस्था हाल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

राजदूत नियुक्ति सम्बन्धी  निर्देशिका, २०७५ मा मन्त्री भइसकेका व्यक्तिलाई राजदूत हुनका लागि योग्यता नचाहिने भनी वस्था गरिएको थियो । अन्य व्यक्तिलाई भने कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको छ । सर्वोच्चको अन्तरिम आदेशबाट अब राजदूत नियुक्त गर्दा सबैलाई स्नातकतह उत्तीर्ण भएको योग्यता हुनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्