नेपालका स्वास्थ्यकर्मी नै कोरोनाका हिरो हुन् : डा‍. टेड्रोस एड्हानोम



न्युज अफ नेपाल, काठमाडौ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले नेपाका स्वास्थ्यकर्मी हिरो हुन भन्दै प्रशंसा  गर्दै ट्वीट गर्नुभएको छ । उहाँले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्वीट गर्दै उक्त प्रसशा गर्नुभएको हो । नेपालमा पछिल्लो समय चालु खोप लिएर गन्तब्य जाँदै गर्दा बर्षाद्का कारण खोलो बढेपछि स्वास्थ्यकर्मीहरुले असार १ गते मुस्ताङको छापताङ् खोला तार्ने क्रममा पाइपको सहारले खोपको बाक्सा लठ्टीमा झुण्ड्याएर काधमा बोकेर तारेका थिए ।

उक्त भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक भएसँगै महानिर्देशक टेड्रोसले ट्विट गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवनरक्षाका लागि काम गरिरहेको उल्लेख गर्नुभएको छ । उहाँले कतिपय स्थानमा यस्ता हिरोहरुले अझै खोप लगाउन नपाएको समेत उल्लेख गरिएको छ । ट्विटमा ट्रेडोसले लेख्नुभएको छ “स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जाँदैछन्, के यो न्याय होला कि यस्ता हिरोहरुलाई अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट बञ्चित गर्नु ?” “यो हाम्रो शक्ति र कर्तव्य हो, भ्याक्सिन समान वितरण गर्न हामी जे पनि गर्न सक्छौं । अहिले नगरे कहिले ” भनिएको छ ।

यति कठीन यात्रा गरि नागरिकको जीवन बचाउँन खटिएका स्वास्थ्यकर्मीहरुको सेवा र सन्देशलाई सकारात्मक रुपमा पालना गर्ने राज्य र आम नागरिकको दायित्वलाई यतिबेला ख्याल ख्यालमा लिन नहुने स्वास्थ्यकर्मी संदीप केसी बताउँनुहुन्छ । उहाँले कोरोना संक्रमणको दोस्रो लहर फैलिएको छ र अझ जनचेतनाकै अभावका कारण तेस्रो लहर पनि नफैलेला भन्न सक्ने अवस्था नरहेको विज्ञहरुले औल्याउँदै आएको बिषयमा सरकार गम्भीर हुनुपर्ने बताउँनुभयो । विज्ञहरुले भनेजस्तै असारको मध्यतिर लकडाउन खुकुलो गरिने र स्वास्थ्य सुरक्षामा कडाई नगरिने हो भने गत बर्ष जस्तै यो बर्ष पनि श्रावणको अन्त्य सम्ममा पुनः देशका स्वास्थ्य संस्थाले धान्नै नसक्ने गरि कोरोना संक्रमण बढ्ने सम्भावना रहेको बताउँनुभयो ।

उहाँ भन्नुहुन्छ—अहिले कोरोना संक्रमण केही मन्थर भएपनि जोखिम कम भएको भने छैन । परिक्षण गराउँनेको संख्या घटेको र विदेश जाने स्वस्थ व्यक्तिहरुले पनि यतिबेला परिक्षण गराएको अंकले कम भएजस्तो देखिए पनि गम्भिर बिरामी हुनेको संख्यामा उल्लेखनीय सुधार आएको छैन । हामी स्वास्थ्यकर्मीले घरघरमा गएर एक घर एकजनाको परिक्षण अभियान चलाउँदा हरेक वडामा परिक्षण गरिएको संख्यामा ४० प्रतिशत भन्दा बढी नै संक्रमितको संख्या देखा परेको छ । यो चुनौतिपूर्ण घडीमा नागरिक स्वयम सचेत हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्