बाढीको खतरा बढेसँगै माथिल्लो तामाकोशी आयोजनाको ड्याम खाली गरियो



न्युज अफ नेपाल, काठमाडौँ ।

भारी वर्षका कारण गएको पहिरोले नदी थुनिएपछि माथिल्लो तामाकोशी आयोजनाको ड्याम खाली गरिएको छ ।

चीनबाट नदी थुनिएको सूचना आएसँगैै दोलखाको लामाबगरतर्फ बाढीको खतरा बढ्न सक्ने पूर्वानुमान अनुरुप तामाकोशीको ड्याम खाली गरिएको हो । ड्यामको सबै गेट तयारी अवस्थामा राखेको र सुरुङमा पानी पठाउन बन्द गरिएको बताइएको छ । विहान ६ बजेसम्म नदीको बहाव स्थिर रहेको र बांधस्थलमा सबै स्टाफ अलर्टमा रहेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्