अमनको उपचारका लागि आर्थिक सहयोग



काठमाडौं, (नेस) । 

तेक्वान्दोकर्मी लगायतले रकम संकलन गरी १३ वर्षीय तेक्वान्दो खेलाडी अमन तामाङकको स्वास्थोपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेका छन् ।

लाजिम्पाटस्थित कान्ति बाल अस्पतालमा उपचाररत अमनलाई वागमती प्रदेश तेक्वान्दो संघको तर्फबाट सचिव उमेश नकर्मीले २० हजार तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले संकलित ३० हजार रुपियाँ अमनका पिता अमरलाई अस्पताल हातामा हस्तान्तरण गरे ।उपचारका लागि वागमती प्रदेश तेक्वान्दो संघले सबैभन्दा बढी २० हजार सहयोग गरेको छ ।

त्यस्तै हरिश्वर पोखरेलले तीन हजार, सुमन खड्काले पाँच हजार, मुबिक्क्षा गजुरेलले दुई हजार पाँच सय, भाष्कर श्रेष्ठले चार हजार, सन्तलाल श्रेष्ठले दुई हजार, गणेश थापाले तीन हजार, पुष्पप्रसाद गौतमले एक हजार पाँच सय, ओम लामाले दुई हजार, एन्जेल राईले दुई हजार, कुमार लामा घिसिङले एक हजार, थानेश्वर मगरले एक हजार पाँच सय तथा अशोक खड्काले चार हजार रुपियाँ सहयोग गरेका हुन् । सुमन र ओमबाहेक सबै तेक्वान्दोकर्मी हुन् । रकम हस्तान्तरणपछि टोलीले अमनको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्