महर्जन एरोविक टीटी एम्बेसडरमा चयन



नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाली पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई तीन वर्षका लागि नेपालका लागि एम्बेसडरमा नियुक्त गरेको हो । एरोविकले महर्जनलाई पार्टनर, प्रोमोटर र प्रशिक्षकको रूपमा समेत चयन गरेको छ ।

लन्डनस्थित एरोविक टेबलटेनिस २०११ मा स्टिभ रोले स्थापना गरेका हुन् । एरोविक टेबलटेनिस नवखेलाडीहरूलाई एरोविकको माध्ययमबाट शारीरिक तन्दुरूस्त बनाउने कार्यक्रम हो । खेलाडीहरूलाई एरोविकका माध्ययमले शारीरिक तन्दुरूस्त बनाउनुका साथै सांगीतिक धुनको तालमा खेलाडीहरूलाई वर्कआउट, फुटवर्क गराउने जसका कारण खेलाडीहरूले आनन्द महसुस गर्दै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरूस्त राख्ने र टेबलटेनिस खेलको पूर्ण ज्ञान र प्रशिक्षण प्राप्त गर्नेछन् । टेबलटेनिसमा रिदम र टाइमिङ महत्वपूर्ण हुन्छ । यसलाई संगीतसँग तालमेल मिलाउन सके टेबलटेनिस सिक्न अझै मद्दत पुग्छ । एरोविक टेबलटेनिस उच्च इनर्जी फिटनेस वर्कआउट र टेबलटेनिसको सामूहिक गठबन्धन हो ।जुलाइ १५ मा एरोविक टेबलटेनिसका प्रमुख कार्यकारी स्टिभ नेपाल भ्रमणमा आउने र नेपाली खेलाडीहरूलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ । यस्तै, त्यस प्रशिक्षणमा उत्कृष्ट देखिएका तीन छात्र र तीन छात्रालाई लन्डनस्थित आफ्नो एकेडेमीमा प्रशिक्षणका लागि लैजाने सम्भौता भएको महर्जनले जानकारी गराइन् । साथै एरोविकले खेलाडीहरूका लागि टेबलटेनिसको स्तरीय ब्रान्ड बटरप्mलाई कम्पनीको खेलपोशाक, -याकेट र बल प्रायोजन गर्ने र प्रशिक्षणका लागि आवश्यक रोवोट मेसिनसमेत प्रदान गर्ने सम्भौता भएको समेत महर्जनले बताइन् ।

अनिताले एकल प्रयासमा सामाखुसीस्थित आफ्नै घरमा १५ लाखको लागतमा एन्निज पिङ्ग पङ्ग क्बल स्थापना गरि बच्चाहरूलाई निशुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आइरहेकी छिन् । नेपालमा टेबलटेनिसको विकास गर्ने उद्देश्यले विगत १५ वर्षदेखि लागि परेकोमा गत अप्रिल २१ मा विश्व टेबलटेनिस डेको अवसर पारी क्बल स्थापना गर्दै आफ्नो सपना साकार पारेकी छिन् । हाल क्लबमा तीन टेबलटेनिस बोर्ड रहेको छ भने १५ बालबालिकाले प्रशिक्षण लिइरहेका छन् ।व्यक्तिगतरूपमा महिला उद्यमीको रूपमा उनको कार्यलाई नियाली रहेको अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघले उनको कार्यको मूल्याङ्कन गर्दै विश्व टेबलटेनिस डेको अवसरमा आफ्नो जर्नलमा महर्जनको बारेमा लेखसमेत प्रकाशित गरेको छ । नेपालीहरूलाई यति महत्त्व प्रदान गर्दै आफ्नो जर्नलमा लेख प्रकाशित गर्नुले विश्व खेल जगतमा नेपाल र नेपालीको इज्जत बढ्नुका साथै नेपालमा खेलकुदको विकास र विस्तारलाई नजिकबाट नियाल्दै उच्च महत्त्वमा राखेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्